तुलसीपुरको जुत्ता गोदाममा आगलागी, पाँचको मृत्यु !

दाङ, २८ माघ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भिषण आगलागीमा परेर पाँच जनाको मृत्यु भएको छ ।
गएराती पौने २ बजेदेखि इरम फुट वेयर गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर एक महिला २ पुरुष र दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ ।
आगोमा परेर एक जना घाईते भएका छन् । मृतकहरुको शव जलेको अवश्थामा निकालिएको छ । मृतक र घाईतेहरुको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ । आगो अहिले नियन्त्रणमा आएको छ ।
मृतकको पहिचान भइरहेको छैन । ‘ अहिल शब अस्पताल लगिदै छं,’ डिएसपी श्यामु अर्यालले भने ‘ मृतक कसैको पनि पहिचान भइसकेको छैन ।’