टि भि एस किङग वइन्टर सर्भिस मेला गर्ने

दाङ, १ फागुन ।
टि भि एस किङगले दाङको घोराहीमा वइन्टर सर्भिस मेला गर्ने भएको छ । यही फागुन २ गते देखि १६ गते सम्म सर्भिस मेला राप्ती अट्रो टेडिङ एण्ड सप्लायर्समा सर्भिस मेला हुने सप्लायर्समा सञ्चालक धनश्याम भट्टराइले जानकारी दिए । दाङको लागि घोराहीमा हुन थालेको वइन्टर सभिस मेलाको फाइदा उठाउन समेत उनले आग्रह गरेका छन् । ‘तिन पाङग्रेस अटो सञ्चालकहरुका लागि महत्वपुर्ण अवसर हो यसको फाइदा लिनु होस’ उनले भने ।
सर्भिस मेलामा लेवर चार्ज नि शुल्क, इन्जीनिन आयलमा १५ प्रतिशत छुट, पार्टसमा १५ प्रतिशत छुट दिइने भएको छ । त्यसैगरेर हरेक सर्भिस गराउदा आकर्षक उपहार पाउने भएका छन् । आगामी सर्भिसमा ५ प्रतिशत छुट दिइने सञ्चालक भट्टराइले बताए । मेला अवधीमा सर्भिस सेवा लिने मध्ये बाट ३ भाग्य साली विजेता लाई विशेष उपहार समेत प्रदान गरिने उनको भनाइ रहेको छ ।