दाङका गीतकार अधिकारी नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

दाङ,१ फागुन । गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारी नेपाल सास्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । दाङ घोराही–४ लक्ष्मीपुर निवासी अधिकारीलाई नेपाल सास्कृतिक संघका केन्द्रीय सभापति तीर्थबहादुर थापाले संघको विधानको परिच्छेद–७ दफा २० (च) बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरेका हुन ।
नेपाली कांग्रेसको छातामुनि रहेर साँस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेससँगै नेपाली गीत तथा संगीतको उत्थान, प्रवद्र्धन र संगठनको समग्र सुदृढीकरणका लागि निरन्तर संक्रिय भूमिका निर्वाह गर्दै आएका अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन ।
काठमाडौंमा बसेर गीत तथा गजलका क्षेत्रमा कलम चलाउँदै आएका अधिकारीले डेढ दर्जन बढी प्रतिष्ठित अवार्ड र सम्मान पाइसकेका छन । उनले सिर्जना गरेका ‘तिम्ले पराई ठानेपछि’, ‘मर्छु बरु’, रुपै मोहनी’,‘बाजा बजाउँदै’लगायतका गीतहरु चर्चित छन् । गीतकार अधिकारीका चलचित्र , आधुनिक , लोकदोहोरी , स्वदेशगीत र गजल गरि एक सय पचास बढी गीतहरु रेकर्डिङ भैसकेका छन ।
संगीत रोयल्टी संकलन समाज नेपालका पूर्व कोषाध्यक्ष, गीतकार अधिकारी संगीतकार संघ नेपालको सल्लाहकार, गीतकार संघ नेपालको निबर्तमान सदस्य, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको वर्तमान एशिया महादेश संयोजन समितिको संयोजक समेत हुन । गीतकार अधिकारी नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संघसस्थाहरुमा समेत आवद्ध छन् ।