Ad Area

साविक राप्तीमै पहिलो पटक तुलसीपुरबाट ई- पासपोर्ट सेवा शुरु


घोराही, ४ फागुन । साविक राप्ती मै पहिलो पटक दाङको तुलसीपुरबाट ई-पासपोर्ट सेवा शुरु भएको छ । जिल्लाको तुलसीपुरबाट पहिलो पटक ई-पासपोर्ट सेवा शुरु भएको ईलाका प्रशासन कार्यालय तुलसीपुरले जनाएको छ । बुधवारदेखि ई-पासपोर्ट सेवा सुरु गरिएको कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिए।

विगत दुई महिनादेखि एमआरपी पासपोर्ट सेवा रोकिएको थियो । कार्यालयबाट अबदेखि ई-पोसपार्ट सेवा सुचारु भएको उनले जानकारी दिए। यस अघि ई-पासपोर्टका लागी काठमाण्डौ जानु पर्ने बाध्यता थियो । अब तुलसीपुरबाट राहदानी बनाउन सकिने उनले बताए।

कार्यालयले पहिलो दिन दुई जना सेवाग्राहीको ई-पासपोटको फर्म भरेर सेवा शुभारम्भ गरेको उनले बताए। एमआरपी पासपोर्टमा भन्दा स्तरीय र वैज्ञानिक रहेकाले यसबाट व्यक्तिगत विवरण र सुरक्षाका कुरा प्रभावकारी हुने बताईएको छ । हाल जिल्लाको ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट थालनी गरिएको यो सेवा घोराही, लमहीबाट पनि निकट केही दिनमै शुुरु हुने भएको उनले बताए।

ई-पासपोर्ट सेवा लिन सेवाग्राहीले आवेदनका साथमा राष्ट्रिय परिचय पत्रको नम्बरसमेत समावेश गर्नुपर्ने भएकाले यो पूर्ण रुपमा वैज्ञानिक रहेको प्रमुख बुढाले बताए । यो सेवा एमआरपी पासपोर्ट पाउने भन्दा आधा समयमै पाउन सकिने रहेको पनि उनको भनाई छ ।

Blog Post Ad Blog Post Ad