Ad Area

प्रेमीसँग मिलेर श्रीमानको हत्या, श्रीमतीसँगै प्रेमी पक्राउ


दाङ, ७ फागुन ।दाङमा श्रीमान हत्या आरोपमा श्रीमतिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ वसन्तपुरका ५४ वर्षका लप्टेन चौधरीको हत्या आरोपमा श्रीमती उमादेवी चौधरी र सोहि ठाउँकै ५२ वर्षिय हनुमान चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत फागुन १ गते बिहान साढे ६ बजेतिर घरबाट निस्केका लप्टनको शब फागुन ५ गते बेलुका गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा राप्ती नदिको किनारामा फेला परेको थियो ।

तर मृतकको शरिरमा चोटपटक लागेको पत्ता लागेपछि प्रहरीले हत्याको आशंकमा अनुसन्धान शुरु गरेको थियो । प्रहरीले छानबिनको क्रममा गाउँलेसंग सोधपुछ गर्दा मृतक र श्रीमतीबिचको लामो समयदेखि सम्बन्ध राम्रो नभएको बताएपछि प्रहरीले श्रीमतिमाथि अनुसन्धान अघि बढायो ।

त्यसपछि प्रहरीले श्रीमती उमालाई सोधपुछ गर्ने क्रममा गाउँकै हनुमान चौधरीसंग अवैध सम्बन्ध रहेको पत्ता लाग्यो । श्रीमानले अवैध सम्बन्ध रहेको पत्ता लगाएपछि श्रीमानलाई मार्ने योजना बनाएको बयान श्रीमती उमाले प्रहरी समक्ष दिइन् ।

मृतक लप्टेनले परपुरुषसंग लागेको पत्ता लगाएपछि गत माघ २९ गते मार्ने धम्कि दिए । त्यस लगत्तै श्रीमतीले परपुरुष हनुमानलाई फोन गरिन् । लगत्तै हनुमानले मृतक लप्टेनलाई फोन गरेर कस्तो छ भनि खबर सोधे ।

लप्टेनले म नसामा छु भनेपछि हनुमान राती १० बजेतिर घरमै पुगेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताए । घरमै पुगेर छातीमा मुड्की प्रहार गरी भूँइमा लडेपछि घाँटीमा च्यापेर हत्या गरेको हनुमानले बयान दिएको प्रवक्ता रिजालले बताए । हत्यापश्चात शबलाई दुवै जनाले एकजोर जुत्तासहित राप्ती नदिमा फालेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad