Ad Area

मेघा क्लवलाई हराउँदै राप्ती गाउँपालिका क्लब लखन कपको फाईनलमा


घोराही, ७ फागुन । घोराहीमा जारी प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा राप्ती गाउँपालिका फुटबल क्लव प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाईनल खेलमा मेघा स्पोट्स  क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै राप्ती गाउँपालिका फुटबल क्लव लखन कपको फाईनलमा पुगेको हो । नेपाल मगर संघ घोराही नगर कार्य समितिको आयोजनामा घोराही १८ नवलपुर फुटबल मैदानमा जारी प्रतियोगिता पहिलो हाफ बराबरी खेलेका दुवै क्लवले दोश्रो हाफमा मेघालाई हराउँदै राप्ती उपाधि नजिक पुगेको हो ।

अब प्रतियोगिता अन्तर्गत आईतबार बडहरा युवा क्लव र टरीगाउँ युुवा क्लवबीच दोश्रो सेमिफाईनल खेल हुनेछ । आईतबार २ बजेपछि हुने खेलको विजेताले १० गते फाईनलमा राप्ती गाउँपालिका फुटबल क्लबसँग उपाधिका लागि भिड्ने छ ।

फागुन २ गतेबाट शुुरु भएको प्रतियोगितामा जिल्लाभरबाट १२ क्लबको सहभागिता रहेको थियो । लखन थापाको स्मृतिमा नेपाल मगर संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ भने सेमिफाईनलिस्ट २ क्लबले पनि समान साढे १२ हजार रुपैयाँ प्राप्त गर्ने नेपाल मगर संघ घोराही नगर अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad