Ad Area

मार्शल आर्ट्स हाप्किडाेकाे लुम्बिनी प्रदेश समिति गठन


दाङ,७ फागुन । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक प्रादेशिक अधिवेशन प्रदेश राजधानी भालुवाङमा सम्पन्न भएको छ ।

अधिवेशनले सुवास परियारको अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष प्रेमबहादुर खड्का र तुल्सीराम बिश्वकर्मा, सचिव टेकराज केसी, कोषाध्यक्ष दुर्गा खड्का रहेका छन ।

समितिको सदस्यहरु यमप्रताप थापा, विकास बाठा मगर, बुद्धिराज बर्तौला, राजेन्द्र रोका, गंगा घर्तीमगर, नबिना श्रेष्ठ, अरुण पुनमगर, गोपाल बुढामगर, महेश गुरुङ र एलिशा खड्कासहित१५ सदस्य रहेका छन् ।

नवनिर्वाचित समितिलाई नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad