Ad Area

बगरापुरमा प्रजातन्त्र दिवस


भालुवाङ, ८ फागुन । राप्ती गाउँपालिका अन्तर्गत वडा नं. ६ को बगरापुर गाउँमा ७२औँ प्रजातन्त्र दिवसको अवसरमा अन्तत्र्रिmया गरिएको छ । नेपाली कांग्रेस राप्ती गाउँपालिका वडा नं. ६ का वडा सभापति विश्वम्भर चौधरीको अध्यक्षता, लुम्विनी प्रदेश सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा ७२औँ प्रजातन्त्र दिवसको अवसरमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सदस्य गणेश चौधरी, संसद अलि खा, क्षेत्र नं १ प्रदेश क सहसचिव भीमबहादुर चौधरी, पालिका उपसभापति स्यामा रावत, सचिव तीर्थराज ज्ञवाली, संगठन विभाग प्रमुख सुरेन्द्र भुसाल, नेपाल शिक्षक संघ राप्तीका अध्यक्ष मंगलप्रसाद चौधरी, सदस्य प्रेमबहादुर चौधरी, धर्म उप्रेती, क्षेत्रीय प्रतिनिधिहरू एवं टोल कमिटीका पदाधिकारीलगायतको सहभागिता थियो ।

कार्यक्रममा प्रजातन्त्र आगमनमा नेपाली कांग्रेसको भूमिका बारे क्षेत्रीय प्रतिनिधि अयोध्याप्रसाद चौधरीले विषय प्रवेश गराएका थिए । २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै कार्यक्रमका वक्ताहरूले अब यसलाई संस्थागत गर्दै समतामूलक समाजको निर्माण गर्नुपर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव सूर्यप्रसाद चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad