Ad Area

मतदाता परिचयपत्रको प्रतिलिपि लिन २० फागुनसम्म निवेदन दिन सकिने


काठमाडौं, ९ फागुन । निर्वाचन आयोगले परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्रका लागि फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने बताएको हो ।

साथै, आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा फागुन ५ गतेभित्र इमेल वा भौतिक उपस्थितिमा सम्बन्धित फारम भरेर सच्याउन सकिने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Blog Post Ad Blog Post Ad