Ad Area

नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा, क्यानडा ८ विकेटले पराजित


काठमाडौं,९ फागुन । नेपाल आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै सेमिफाइनमा पुगेको छ।

सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै २८ रन बनाए। त्यसैगरी आशिफ शेख १७ रनको योगदान दिँदा कुशल मल्ल शून्य रनमै आउट भए। क्यानडाका कलिम साना र सलमान नाजरले एक र एक विकेट लिए।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो। क्यानडाका लागि डिलन हेलिगरले सर्वाधिक २४ रन बनाए। २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै उनी अविजित रहे। यता कप्तान नवनित धालिवालले १८ रन बनाए। उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे।

खेलममा ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट भए। यता, सलमान नाजरले १० रन बनाउँदा क्यानडाका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका सन्दीपले १२ रन दिए। यता, अविनाश बोहरा र कमल सिंह ऐरीले २र२ विकेट हात पारे। कुशल मल्लले एक विकेट लिए। क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बनेको छ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad