Ad Area

मोटरसाइकल र हाइस एक आपसमा ठाेक्किदा हाइस जल्यो


दाङ,१५ फागुन । दाङमा मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा आगलागी भएको छ ।

घोराही-तुलसीपुर सडक खण्डअन्तरगत तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको हाइस दुधरासमा ठोक्किदा हाइस जलेको छ । आगलागी हुँदा पाँचजना घाईते भएका छन् ।

घाईते मध्य २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।आगलागी आईतबार राति ९ बजेतिर भएको हो । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।