दाङमा छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु
दाङ, १६ फागुन । घोराही–तुलसीपुर सडक खण्डमा आइतबार साँझ भएका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटी र लु १ च ६२८९ नम्बरको पिकअप गाडी एक आपसमा ठोक्कीदा तुलसीपुर उपमहानगरपालिका–१७ निबासी करिव ३४ बर्षका ताराबहादुर केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।
त्यसैगरी अर्काे आइतवार साँझ नै बा ३ ख ६४३ नम्बरको हाइस र नम्बर नखुलेको मोटरसाईलक तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ निबासी २१ बर्षीय रेशम चौधरी रहेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते मध्य चौधरी उपचारका त्र mममा निधन भएको थियो । मोटरसाइकल र हाइस ठोक्किए लगत्तै हाइसमा आगलागी भएको थियो । आगलागिका कारण हाइसमा पूर्णरुपमा क्षेति पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते ४ जना मध्य करण परियार र रमेश वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य बिरामीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।