Ad Area

बालमैत्री पालिका घाेषणा गर्न अनुगमन तीव्र


दाङ, २० फागुन । घोराही उपमहानगरपालिकालाई फागुुन मसान्तसम्ममा बालमैत्री पालिका घोषणा गर्ने अभियान स्वरुप अहिले अभिमुुखीकरण, सचेतना, अन्तरक्रिया तथा अनुुगमन कार्य तीव्र पारिएको छ ।

बालमैत्री घोषणा गर्नुपूूर्व अपनाउनुपर्ने विधि प्रक्रिया तथा बालमैत्री स्थानीय शासन निर्देशिका–२०७८ ले तय गरेका सबै सूचक पूरा भए नभएको बारेमा विभिन्न वडा पुुगी त्यहाँ रहेको सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालय मार्फत बालमैत्री पालिका घोषणाका लागि हासम्म भएका कार्य प्रगतिको तयारीस्वरुप बुधबार विभिन्न स्थलगत अनुगमन गरिएको छ । घोराही उपमहानगर पालिकाका उपप्रमुख, जिल्ला समन्वय समिति प्रमुख, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक, शिक्षा, स्वास्थ्य तथा अन्य शाखाका प्रमुख, पत्रकार लगायतको टोलीले विभिन्न क्षेत्रमा पुगेर अनुगमन गरेको छ ।

अनुुगमन टोलीले घोराही–१४ स्थित गोरखा मावि, गोग्लीमा रहेको स्वास्थ्य चौकी, माध्यमिक विद्यालय डाँडागाउँ गोग्ली, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र रामपुर, घोराही १० को वडा कार्यालय, नारायणपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलगायतको स्थानमा पुुगेर बालमैत्री घोषणाका लागि गरेका तयारी र प्रयासका बारेमा जानकारी लिइएको थियो । ती विद्यालय, संस्था र कार्यालयले शिक्षालयलाई पूर्ण पारिवारिक र यातनारहित बनाउन निर्णय गरिसकेकाले यसको व्यहारिक कार्यान्वयनमा रहेको पाइएको छ ।

यसैगरी मातृशिशुुको स्वास्थ्यको अवस्था बारेमा बालवालिकाहरुले खोप पाएको वा नपाएको, आमाहरुले खोप लगाएको वा नलगाएको, आयोडिनयुक्त नूनको प्रयोग भएको वा नभएको भन्ने बारेमा जानकारी लिएको थियो । जसमा स्वास्थ्य संस्थाहरुले पनि गर्भवती भएका बेला लगाउनुुपर्ने खोप र सुुत्केरीपछि लगाउनुपर्ने खोपको पूर्णता सुनिश्चित भएको, बाल पोषणको अवस्था पनि राम्रो रहेकोलगायत सुधारका राम्रा प्रयास भएको पाइएको अनुुगमन टोलीले निष्कर्ष निकालेको छ ।
सुधार गर्नुुपर्ने विषयमा पनि सो टोलीले सुझाव दिएको छ । विद्यालयको भौतिक संरचना बालमैत्री रहे नरहेको, विद्यालयमा शौचालयको अवस्था, विद्यालयमा पानीको व्यवस्था, यातना रहे नरहेको भन्ने बारेमा जानकारी लिएको थियो । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, उपप्रमुख सिता सिग्देल न्यौपाने, जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजाल, बालअधिकारकर्मी विकिरण गौतम, स्वास्थ्य शाखाकी विमला पौडेल, शिक्षा शाखाका प्रतिनिधि, पत्रकारलगायतले विभिन्न सुझाबहरु दिएका थिए । घोराही उपमहानगरपालिकालाई यही फागुन मसान्तभित्र बालमैत्री घोषणा गर्नका लागि अभियान सञ्चालन गरिरहेको छ ।
वडा घोषणाका लागि नगरपालिकाले अनुगमन गर्नुपर्ने व्यवस्था अनुसार अनुगमन तीव्र पारिएको छ । जसमा सुुधार गर्नुपर्ने विषय सुुझावका रुपमा दिँदै सूूचक पूरा गर्न ताकेता गरिएको घोराही उपमहानगरपालिका महिला विकास शाखाकी प्रमुख मोती विश्वकमाले बताइन् । घोराहीले २०७४ को माघमा नगर कार्यपालिकाबाट पारित गर्दै घोराहीलाईं बालमैत्री पालिका घोषणा अभियान सञ्चालन गरेको हो ।

Blog Post Ad Blog Post Ad