Ad Area

महिला दिवसको अवसरमा यौनिकता शिक्षा कार्यक्रम गरिने


घोराही, १९ फागुन । फागुन २४ गते ८ मार्चको अवशरमा घोराही उपमहानगरपालिकामा किशोर किशोरीहरुका लागि बृहत यौनिकता शिक्षा अभिमुखिकरण कार्यक्रम गरिने भएको छ ।

११२औँ अन्तराष्ट्रिय महिला दिवश २०२२ को अवशरमा कार्यक्रमको आयोजना गर्न थालिएको हो । यस बर्ष दिवशको नारा “सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता तय गरिएको छ । दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रम सफल बनाउनका लागि सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको सदस्य सचिवमा परिवार नियोजन संघकी सचिव माया पोखरेल रहनुभएको छ ।

यस्तै सदस्यहरुमा महिला मानब अधिकार रक्षक सञ्जालकी अध्यक्ष सुशिला पौडेल, अखिल नेपाल महिला संघकी बिष्णु कालाथोकी, नेपाली काग्रेसकी गोमा रावत, नेकपा माओवादी केन्द्रकी वालिका शर्मा, भुमिहिन तथा सुकुम्वासी संघकी पूर्व अध्यक्ष लिला बि.क, जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी सहायक निरिक्षक निमा डिसी, राप्तीपोष्ट दैनिककी विमला घर्ती रहनुभएको छ ।

जिल्लामा रहेका संघ संस्थाको समन्वयमा कार्यक्रमलाई सफल बनाउने निर्णय गरिएको छ । कार्यक्रममा सहभागिहरुले महिलाको अधिकारका लागि कानुन निर्माण गरिएपनि कार्यान्वयन पक्ष फितलो रहेको बताएका छन् । कानुन कार्यान्वयनको पाटोमा जटिलताहरु रहेको उनिहरुको भनाई थियो । आफ्ना अधिकारका बिषयमा जानकारी नहुँदा अझै पनि पीडितहरु अलमलिने अवस्था रहेको छ ।

कार्यक्रममा युगवोध राष्ट्रिय दैनिककी सम्पादक तथा अधिकारक्रर्मी लक्ष्मी आचार्यले महिलाहरुका लागि बनेका अधिकार कार्यान्वयनको अवस्था कमजोर रहेको बताउनुभयो । पछिल्ला घटनाक्रमहरुले अझैपनि पीडित हुनेहरुको संख्या धेरै रहेको बताउनुभयो । हिंसाका स्वरुपहरु परिवर्तन भएको उहाँको भनाई थियो ।

दिवशको अवसरमा थप कार्यक्रमहरुपनि आयोजना गरिने भएको छ । जसका लागि बिहिवार छलफल कार्यक्रमको आयोजना गरिएको छ । सिसा नेपाल तथा नेपाल परिवार नियोजन संघ नेपाल दाङ शाखाको आयोजनामा छलफल गरिएको हो । जसले संघ संस्थाको सामुहिक सहकार्यमा महिला दिवशको अवसरमा कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

Blog Post Ad

कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन दाङ शाखा प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो । कार्यक्रम सिसा नेपाल सस्थाकी अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षतामा भएको थियो ।

 

 

 

 

Blog Post Ad Blog Post Ad