Ad Area

खुमबहादुर खड्का भलिबलमा घोराही, बंगलाचुली र शान्तिनगरको जित


दाङ,१९ फागुन । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत विहीबार भएका खेलहरुमा घोराही उपमहानगरपालिका, बंगलाचुली बंगाउँपालिका र शान्तिनगर गाउँपालिका बिजयी भएका छन् ।

घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको समूह ‘बी’ अन्तर्गतको दिउँसोको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई हराउँदै घोराही उपमहानगरपालिका बिजयी भएको हो । घोराहीले शान्तिनगर गाउँपालिकालाई २५–२३, २३–२५ र २५–१८ को सेटमा हराउँदै जित निकालेको हो ।

यसैगरी दिउँसोको दोश्रो खेलमा राजपुर गाउँपालिकालाई हराउँदै बंगलाचुली बिजयी भएको छ । बंगलाचुलीले राजपुर गाउँपालिकालाई २५–१५ र २५–१५को सोझोे सेटमा हराउन सफल भएको थियो । जारी प्रतियोगितामा तीन खेल खेलेको राजपुरले जित निकाल्न सकेको छैन ।

त्यसैगरी विहीवार विहान भएको खेलमा शान्तिनगर गाउँपालिका र दोश्रो खेलमा बंगलाचुली गाउँपलिका बिजयी भएका छन् । विहान भएको पहिलो सेटमा २५–१९ र दोश्रो सेटमा २५–१३ ले राजपुर गाउँपालिकालाई हराउँदै शान्तिनगर बिजयी भएको थियो भने दोश्रो खेलमा बबई गाउँपालिका २५–२२ र २५–२० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिका बिजयी भएको हो । बंगलाचुली गाउँपालिकाले समूह चरणका विहिवार भएका दुई खेलमा जित निकालेको थियो ।

नेपाली कांग्रेस दाङको आयोजनामा जिल्लामै पहिलो पटक भएको सर्वाधिक धनराशीको भलिबल प्रतियोगिताको समूह चरणका अन्तीम खेलहरु शुक्रवार विहान पहिलो खेल घोराही र राजपुर गाउँपालिकाबिच र दोश्रो खेल बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाबिच हुने भएको छ । त्यसैगरी दिउँसोको पहिलो खेल बबई गाउँपालिका र घोराही उपमहानगरपालिका र दोश्रो खेल बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिकाबिच हुने भएको आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ ।

फागुनको १६ गतेदेखि सुरु प्रतियोगिता फागुनको २३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका दश वटा पालिकाका भलिबल टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र दोश्रो हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयासहित ट्रफि प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad