Ad Area

घोराही नगर प्याब्सनको प्रअ भेला


दाङ,१९  फागुन  । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगरले प्रअ भेला सम्पन्न गरेको छ ।

बिहीबार दाङको नारायणपुरस्थित पशुपति विद्याश्रममा घोराही उपमहानगरपालिका अन्तर्गतका प्याब्सनमा आवद्ध विद्यालयहरूका प्रअहरूको सहभागितामा भेला सम्पन्न भएको हो ।

भेलाले शैक्षिक सत्र २०७८का वार्षिक परीक्षा तथा नयाँ शैक्षिक सत्रकाबारेमा छलफल गरिएको थियो । कोभिडबाट थलिएका विद्यालय र विद्यार्थीहरूका लागि शैक्षिक सुधार कार्यक्रमका बारेमा समेत भेलामा छलफल भएको थियो ।

कार्यक्रम प्याब्सन केन्द्रीय सदस्य तथा विशिष्ट अतिथि यादव गिरी, प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष अमर सुवेदी, दाङ जिल्ला प्याब्सनका अध्यक्ष मधुसूदन केसी, निवर्तमान जिल्ला उपाध्यक्ष निर्मल न्यौपाने लगायतले विचार प्रस्तुत गरेका गरेका थिए ।

नगर अध्यक्ष बीरेन्द्र चन्दको अध्यक्षता तथा केन्द्रीय सदस्य केशव थापाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । नगर उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad