Ad Area

दाङ क्रिकेट लिगलाई किसान ट्रेडिङ कन्सर्न– इसुजुको गोल्ड प्रयोजन


दाङ,२० फागुन । दाङ जिल्ला क्रिकेट संघले यहीँ चैत्र १२ गते देखि दाङमा संचालन गर्न लागेको दाङ क्रिकेट लिग–२०७८ लाई किसान ट्रेडीङ् कन्सर्न–इसुजुले गोल्ड स्पोन्सर प्रयोजन गर्ने भएको छ।

दाङमा पहिलो पटक ठूलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगितालाई धेरैले चासोको रुपमा लिएका बेला सहयोगको लागि किसान ट्रेडिङ् कन्सर्नले सहयोग गर्ने चासो देखाएको हो ।

किसान ट्रेडिङ् कन्सर्नका कार्यकारी निर्देशक मोश्कुर अहमदले प्रतियोगिताको सफलताको लागि सहयोग गर्न लागेको जनाएका छन ।  ‘जिल्लामा हुन लागेको ठुलो प्रतियोगितालाई सफल बनआउन सामाजिक उत्तर दायित्व बहन गरेर प्रतियोगितालाई सहयोग गर्न लागेका हौ’,उनले भने ।

किसान ट्रेडिङ् कन्सर्न– ISUZU ले प्रतियोगिताका सम्पूर्ण म्यान अफ दि म्याचको पुरस्कार रकम र सिल्ड समेत प्रदान गर्ने सम्झौता भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिएका छन् । किसान ट्रेडिङ् कन्सर्न लामो समयदेखि दाङमा सोनालिका ट्याक्टर र इसुजु गाडी बिक्रि वितरण गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad