Ad Area

स्वास्थ्य संस्था अगाडि ‘फोहोरको थुप्रो’


घोराही, २० फागुुन । घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बजारबाट निस्कने फोहोर व्यवस्थापन नहुुँदा कुुरुप मात्रै होईन, दुर्गन्धित पनि  बन्दै गएको छ । बजारको मुुख्य चोक सफा जस्तो मानिएपनि छेवैका खोल्सा, बाँसघारी, खुला चौर फोहोर बिसर्जन गर्ने थलोका रुपमा परिणत हुँदै जाँदा वातावरण नै दुुर्गन्धित बन्दै गएको छ ।
रामपुर बजार घोराहीको पूर्वी क्षेत्रका नागरिकको पूरानो र चल्ती बजार हो । उपमहानगरपालिका घोषणा भएको पाँच वर्ष बित्नै लाग्दा अहिले रामपुर बजारको स्वरुप फेरिने तयारी भएपनि बजारको फोहोर व्यवस्थापन हुन नसक्दा कुुरुप हुने खतरा बढेको छ । बजारको मुुख्य चोकसँगै रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा जाने बाटो छेउँमा बजारबाट निस्कने फोहोरको डंगुर लागेको छ ।

त्यहाँबाट निस्कने दुुर्गन्ध खाँदै सेवाग्राही र नागरिक दैनिक आउजाउ गर्छन् । फोहोर थुपार्ने थलो बनेको ठाउँमा गल्ने नगल्ने फोहोरले रामपुरबासीलाई गिज्याए पनि त्यसको उचित व्यवस्थापनमा कसैको चासो पुुगेको छैन ।

त्यही फोहोरको दुुर्गन्ध खाँदै दैनिक जसो सयौँँ सेवाग्राही, बिरामी शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा उपचारका लागि जाने गर्छन् । स्वास्थ्य संस्थामा जानेहरु मुख तोपेर जानुुपर्ने अवस्था आएपनि त्यसको उचित व्यवस्थापनमा वडा कार्यालय तथा सिंगो उपमहानगर बेखबर जस्तै बनेको छ । फोहोरको डुंगुर फाल्ने थलोभन्दा करिव ५० मिटरको दुरीमा पश्चिम तर्फ वडा नम्बर २ को कार्यालय रहेको छ । त्यही अन्य सरकारी कार्यालय पनि छन् ।
तर, ती नियामक कार्यालयले त्यहाँको फोहोर बिसर्जन र व्यवस्थापनमा कुनै चासो नलिँदा अहिले सिंगो रामपुर बजार फोहोरले दुुर्गन्धित हुने अवस्थामा पुुगेको छ । फोहोरको डंगुरमा प्लाष्टिकजन्य, सिसाजन्य तथा अन्य प्रकारका गल्ने फोहोर पनि यत्रतत्र फालिएको छ । जसले गर्दा खेतमा सिंचाई गर्न बनाइएको सानो खोल्साबाट बग्ने पानी पनि त्यही दुुर्गन्ध र प्लाष्टिक बगाएर खेतमा जाने समस्या रहेको स्थानीयको गुुनासो छ ।
अहिले तिनै फोहोरका कारण खेतबारीमा विभिन्न खालमा रसायनले समस्या निम्तन लागेको स्थानीय रमेश थापाले बताए । आफ्नो परिसर अगाडिको फोहोर देखेर पनि नदेखेको जसरी काम गरिरहेको शहरी स्वास्थ्य प्रव केन्द रामपुरले सरसफाईका लागि पहल गर्न आवश्यक देखिएको सिनियर अनमी अमृता कवँरले बताईन् । हामीले यहाँको सरसफाईलाई ध्यान दिएकै छौँ, तर यहाँ आउने बाटोको छेवैमा बजारबासीले जथाभावी फोहोर फाल्ने काम गरिदिँदा समस्या भएको छ, कवँरले भनिन्, यसका दीगो व्यवस्थापन हुन आवश्यक छ ।’
उसो त, सो शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले पनि उपचार गर्दा निस्कने फोहोरजन्य तथा प्लाष्टिकजन्य बस्तुुलाई आफ्नो परिसरमै जलाउने गरेको पाइएको छ । जसले गर्दा प्लाष्टिक जलेपछि आउने दुषित दुुर्गन्धको असर बिरामी र सेवाग्राहीमा पर्ने गरेको छ । स्वास्थ्य संस्था जस्तो सरसफाईं अनिवार्य चाहिने ठाउँको अगाडि सिंगो। रामपुरबासीले फोहोर व्यवस्थापन गर्न नसक्दा त्यसको असर स्वयं आफैले भोग्नुु परेको छ । ‘अगाडि पसल छन्, पछाडि फोहोर फाल्ने थलो बनेको छ, यस्तो नियतिले भोलि रामपुर बजार कस्तो होला,’ सुमन केसीले भने, ‘यस बारे सबै पक्षले गम्भीर रुपमा सोँच्न जरुरी छ ।’
रामपुर बजार भोलिको सम्भावना बोकेको बजार हो । यहाँ पूूर्वी क्षेत्रका अधिकांश नागरिक बजार र सेवाका लागि आउने गर्छन् । तर, बजार व्यवस्थापनका विषयमा वडा कार्यालय, स्थानीय टोलबासीले चासो लिन भने नसकेको स्पष्ट थाहा हुुन्छ । स्थानीय टोल विकास संस्था र वडा कार्यालयले बेलैमा फोहोर व्यवस्थापनका बारेमा चासो नलिने हो भने भोलिका दिनमा यही विषयले बिकराल रुप लिने खतरा पनि उत्तिकै छ ।
वडा कार्यालयसँगै सटेको इलाका प्रहरी चौकी, केही पर सामुुदायिक विद्यालयलगायत सेवा प्रदायक संस्था भएपनि उनीहरुको व्यवस्थापनमा स्थानीय सरकारले चासो लिनुु अति नै जरुरी देखिएको सोही वडाका एक सेवाग्राहीले बताए । वडा अध्यक्ष केशव आचार्यले वडाको तर्फबाट निरन्तर रुपमा सरसफाईका विषयमा चासो राख्ने, यसको उचित व्यवस्थापन गर्न अपिल गर्ने काम भईरहेपनि यो समस्या देखा परेको बताए । यसका लागि आगामी दिनमा टोल विकास संस्थालाई सरसफाईका क्षेत्रमा कठोर रुपमा व्यवस्थापन गर्न निर्देशन दिने बताए ।
घोराही उपमहानगरपालिकाले गत वर्षबाट पालिकाबाट उत्सर्जन हुने फोहोर खरीद गर्ने अभियान चलाएको छ । तर, पालिकाबासीलाई फोहोरबाट मोहर कमाउन सकिन्छ भन्ने व्यवहारिक ज्ञान अझै आई सकेको देखिएको छैन । श्रोत केन्द्रबाटै गल्ने र नगल्ने फोहोरलाई अलग्याएर बिक्रिका लागि राखेमा खरीद गर्ने काम भईरहेको घोराही उपमहानगर सरसफाई शाखा प्रमुुख लक्ष्मण अधिकारी बताउँछन् ।
पालिकाले नै फोहोर खरीद गर्ने अभियान चलाई रहँदा पनि नगरबासी भने अहिले पनि फोहोर यत्रतत्र फाल्ने बानीबाट मुुक्त हुन सकेका छैनन् । जसका कारण फोहोर व्यवस्थापन पक्ष चुुनौतिका रुपमा रहेको छ । घोराहीको बजार क्षेत्रमा फोहोर व्यवस्थापनको काम केही गतिका साथ अघि बढेको जस्तो देखिएपनि ग्रामीण क्षेत्रहरुमा अझै पनि फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय व्यवहारिक कार्यान्वयनमा आउन नसकिरहेको स्वयं सरसफाई शाखा प्रमुुख अधिकारीको भनाई छ ।
जसका लागि शाखाले वडा वडामा पुुगेर टोल विकास संस्था, सरोकार निकायलाई सरसफाईका बारेमा जानकारी गराउने, श्रोतबाटै गल्ने नगल्ने फोहोर अलग्याउन लगाउने जस्ता कामको थालनी भएको बताइएको छ ।

Blog Post Ad Blog Post Ad