Ad Area

महिला दिवशमा प्रशिक्षण र छलफल कार्यक्रम गरिने


घोराही, २० फागुन । ८ मार्चको अवसरमा घोराहीमा औपचारिक कार्यक्रम आयोजना गरिने भएको छ । ११२औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवश २०२२ को अवसरमा कार्यक्रमको आयोजना गर्न थालिएको हो । यस बर्ष दिवशको नारा “सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता तय गरिएको छ । दिवशको अवसरमा फागुन २३ गते किशोर किशोरीहरुका लागि बृहत यौनिकता शिक्षा अभिमुखिकरण कार्यक्रम गरिने छ । कार्यक्रममा घोराही क्षेत्रका ११÷१२ मा अध्यनरत छात्रा छात्र तथा सरोकारवालाको सहभागिता रहने छ ।

कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा र जिल्ला प्रहरी कार्यालय दाङले सहजीकरण तथा प्रशिक्षण गर्नेछन् । परिवार नियोजन संघले किशोर किशोरीहरुका लागि बृहत यौनिकता शिक्षा तथा जिल्ला प्रहरी कार्यालयले साइवर अपराध सम्बनिध प्रशिक्षण दिने योजना बनाइएको छ ।

फागुन २४ गते “सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता भन्ने बिषयमा अन्तर्रक्रिया कार्यक्रम गरिने भएको छ । कार्यक्रममा जिल्लाका बिभिन्न गैरसरकारी संस्था, संगठन, सरकारी कार्यालय, पत्रकार, नागरिक समाज, महिला अधिकारक्रमी लगाएतको सहभागिता रहने छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत तथा छलफल गरिने छ । कार्यक्रमलाई सफल बनाउन दिवशको अवसरमा गठीत कार्यक्रम आयोजक समितिकी संयोजक तथा सिसा नेपालकी अध्यक्ष साजिदा सिद्दिकीले सबैमा अनुरोध गर्नुभएको छ । हरेक बर्ष मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवश मनाउदै आइएको छ ।

 

 

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad