Ad Area

अब कोही कसैलाई किन्तु परन्तु भन्ने छुट छैन – विश्वकर्मा


दाङ, २२ फागुन । नेकपा एमालेका केन्द्रीय सचिव छबिलाल विश्वकर्माले तीन वटै तहको सरकारको अन्तर सम्बन्धलाई स्पष्ट पार्दै जनतामा जानुपर्ने बेला आएको बताएका छन् ।

प्रेस चौतारी नेपालको लुम्बिनी प्रदेश प्रथम ऐतिहासिक अधिवेशनलाई सम्बोधन गर्दै सरकारले गरेका गलत कामको भण्डाफोर गर्न मिडियाको भूमिका आवश्यक रहेको उल्लेख गरे। सरकारले गरेका जनविरोधी कामको खण्डन गर्दै संगठनका कामको पक्षमा हुने कामको अपनत्व लिदै अघि बढ्नु प्रेस चौतारीको मूल मर्म हुनुपर्ने उनको धारणा थियो ।

राप्ती गाउँपालिका वडा नम्बर ३ को राप्ती प्राविधिक शिक्षालयमा आयोजित अधिवेशनमा उनले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सिंगोपार्टीको बुझाई जनता समक्ष लैजान हामी भगिरथ प्रयत्न गर्न नेता कार्यकर्ता र शुभेच्छुकहरुमा अपिल थियो ।

पार्टीभित्रको अन्तर विरोधले केही धर्मराएको एमाले १० औँ राष्ट्रिय महाधिवेशनबाट नवीन उर्जा र संकल्पका साथ अघि बढेकाले एमाले प्रतिको आकर्षण बढेर गएको दावी गरे ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार केवल उम्मेदवारका रुपमा नभई जीत हासिल गर्ने गरि तयारीमा जुट्न निर्देशन दिए । पार्टीको उचाइ थप माथि पुर्याउन एकतावद्ध भएर अघि बढ्न अपिल गर्दै व्यवस्थापनपछिको पहिचानका लागि स्थानीय तहको निर्वाचन दिनगन्ति शुरु भईसकेको हुँदा अब कोही कसैलाई किन्तु परन्तु भन्ने छुट नभएको उद्घोष गरे ।

Blog Post Ad

प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिट व्युरो सदस्य दधीराम न्यौपाने, नेकपा एमाले केन्द्रीय सदस्य सूर्य थापा, गंगा सत्गौवाँ, एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, प्रेस चौतारी केन्द्रीय सचिव भरत केसी, एमाले दाङका सचिव मनोहर बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव भेषराज बस्नेतले गरेका थिए ।
सो अवसरमा विभिन्न पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट शाखाका रुपमा दाङ र रुपन्देहीलाई सम्मान गरिएको थियो ।

यसैबीच, शोभाखर पन्थीकै अध्यक्षतामा लुम्बिनी प्रदेश कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा दशरथ घिमिरे, लक्ष्मी तिमिल्सिना चयन भएका छन् । यस्तै, महासचिवमा निरु गौतम, सचिवमा बेनी माधव बस्याल, ओपेन्द्र बस्नेत तथा कोषाध्यक्षमा एलबी थापा चयन भएका छन् ।

कुल ४६ सदस्यीय प्रदेश कमिटीमा पदाधिकारीसहित दाङबाट ९ जना परेका छन् । अधिवेशन ११ बुँदे घोषणा पत्र पनि जारी गर्दै सकिएको छ ।

Blog Post Ad Blog Post Ad