Ad Area

दाङ साहित्य उत्सवमा गायक, संगीतकार एवं श्रष्टाहरु गुन्जिए


घोराही, २२ फागुन । दाङमा एकैथलोमा गायक, संगीतकार एवं श्रष्टाहरु गुन्जिएका छन् । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा भएको दाङ साहित्य उत्सवमा जिल्लादेखि केन्द्रसम्म प्रतिनिधित्व गर्दै आएका श्रष्टाहरु विधागत रुपमा सुनिएका हुन् ।

साहित्य कला र संगीतको प्रवर्द्धनका लागि शनिवार घोराहीमा आयोजित दाङ साहित्य उत्सवमा गजल गायनका माध्यमबाट डा. गोविन्द आचार्य, गोविन्द मधुर आचार्य, विपिन घिमिरेले उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारे । यसैगरी, आफ्ना उत्कृष्ट कविता वाचनमार्फत डा. अमर गिरी, डा. कृष्णराज डिसी, हरि पोख्रेल, घनश्याम अस्तित्व, रितु खनाल, संगीत मगर काव्यिक लयमा पोखिए ।

दिनभर जसो चलेको साहित्य उत्सवमा गजल वाचन गर्दै खगेन्द्र गिरी कोपिला, शशी शर्मा मजगैया, ऋषि शर्मा सुदामा, बसन्त वली बसन्ती, दिलकुमारी बुढामगर, सानू कार्की, जमुना गौतम जानू लगायत श्रष्टाले उपस्थित दर्शकदीर्घाको ध्यान आफुतर्फ आकर्षित गरे । यस्तै, राप्ती साहित्य परिषदको मुखपत्र साहित्यपुञ्ज पनि लोकार्पण गरिएको थियो । दिनभर संगीतमय बनेको कार्यक्रममा सहभागीहरुको उत्साह र हौसलाले श्रष्टाहरुमा नवीन उर्जा पैदा गरेको थियो । साहित्य उत्सव वास्तवमै महोत्सवका रुपमा प्रष्फुटित भएको थियो ।

राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष दीपक शर्मा समीरकोे अध्यक्षता तथा परिषदका सस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साविक राप्ती क्षेत्रका धेरै जसो साहित्यकार एकैथलोमा भेट भएका थिए।

सो अवसरमा, वरिष्ठ साहित्यकार शर्माले साहित्यका माध्यमबाट बिकृती र बिसगती हटाउनका लागि कमल चलाउन आग्रह गरे । उनले साहित्यलाई विश्व समुदायमा मानवीय सभ्यता बचाउने, शान्ति र समृद्धिको पक्षमा लेखिनुपर्ने बताए ।

Blog Post Ad

साहित्यले परिवर्तनका पक्षमा लेखिनुपर्ने भन्दै उनीहरुले साहित्यले मानवीय चेतना, सभ्यता, ज्ञान, उर्जा दिने काम गर्ने बताए । कार्यक्रममा राप्ती साहित्य सम्मान २०७८ बाट गिरीराज शर्मा, डा. अमर गिरीलाई सम्मान गरिएको थियो ।

यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा. गोविन्द आचार्य, डा. भिमार्जुन आचार्य अर्जुन मिलन लाई प्रदान गरिएको थियो । उपाध्यक्ष शारदा शर्माले स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad