Ad Area

दाङ राजधानीको एक वर्ष : प्रदेश सभा भवन निर्माणमा ढिलाई


दाङ, २० असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका घोषणा भएको आज बुधबार एक वर्ष पुरा भएको छ ।

प्रदेश राजधानीका लागि आवश्यक पर्ने प्रदेशसभा निर्माणको काम पनि निकै सुस्त गतिमा अघि बढेको छ । सम्झौता अनुसार यहि असोज २७ गतेसम्म निर्माण सक्नुपर्ने सभाहलको काम करिव २० प्रतिशत मात्रै पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यालयले जनाएको छ ।करिव पाँच करोड २१ लाख बढीको लागतमा एमएस ड्रयागन बस्नेत जेभीले करिव ३ सय जना अट्ने सभाहल निर्माणको काम गर्दै आएको छ ।

उक्त भवनका लागि ४ वटा फलामको पोल गाड्ने काम सकिएको छ भने फाउण्डेसनको काम पूरा भएको छ । प्रि फ्याब विधिमा बनाउन लागिएको सभा हलको निर्माण कार्य सम्पन्न गर्न बारम्बार ताकेता गरिएपनि काममा निर्माण पक्षले लापरवाही गरिरहेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका आर्किटेक्ट ईन्जिनियर बासु पौडेलले बताए ।

सम्झौता मिति अनुसार सभाहल निर्माणको काम नसकिएपछि निर्माण कम्पनीले म्यादथपका लागि निवेदन दिएको प्राधिकरण आर्किटेक इन्जिनियर पौडेलले बताए ।

Blog Post Ad Blog Post Ad