Ad Area

चार्डपर्वमा मासुको मुल्य वृद्धि नहुने


दाङ, २० असोज ।
चार्डपर्वमा बढी खपत हुने मासुको मुल्य वृद्धि नहुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा मासु व्यवसायी तथा घोराही उप–महनगरपालिका उपभोक्ता हित शाखा प्रमुख सहितको छलफलले चार्डपर्वमा मासुको मुल्य वृद्धि नगर्ने निर्णय गरेको हो । चार्डपर्वमा पनि अहिलेको मुल्यमा नै उपभोक्ताहरुले पाउने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए । ‘उपभोक्ताहरुलाइ सहजताको लागि हामीले यस प्रकारको निर्णय गरेका हौ’ अध्यक्ष वुढाथोकीले भने ।

यसले उपभोक्ताहरुलाई थोरै भएपनि सहयोग पु¥याउने उनको भनाइ रहेको छ । यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले चार्डपर्वको समयमा कृतिम अभाव र वस्तु तथा सेवाको मुल्य वृद्धि नगरी चार्डपर्वमा छुट प्रदान गर्न आग्रह गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीले बुधवार एक विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेका हुन ।

विज्ञाप्तीमा व्यावसायिहरुलाई अनिवार्य मुल्य सुचि बिक्री स्थलमा राख्न साइन वोर्ड राख्न ( परिचयपत्र र कर पाटी) भएको, व्यवसाय सञ्चालन गर्दा आवस्यक पर्ने कागजात समेत चुस्त दुरुस्त राख्न आग्रह गरिएको छ । खाद्य पसलमा समेत मदिरा जन्य वस्तु बिक्री वितरण नगर्न समेत विज्ञप्तीमा भनिएको छ । कसैले अटेरी करि उक्त कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुन सक्ने भएकाले सचेन बन्न भनिएको छ । प्याकेजिङ, फुटेको र म्याद नाधेका वस्तुहरु अलग्गै ठाउमा राख्नु पर्ने र गुणस्तर हिन वस्तुहरु विक्री वितरण नगर्न समेत संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।