Ad Area

अझै सुरक्षित छैनन् महिला


 

घोराही, २४ फागुन । आज ८ मार्च अर्थात ११२औँ अन्तराष्ट्रिय महिला दिवश । दिवशको अवसरमा जिल्लामा विभिद कार्यक्रम हुँदैछन् । यस बर्ष दिवशको नारा “सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता तय गरिएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाइरहदा भने जिल्लामा महिलाको न्यायिक अवस्थामा सुधार आउन सकेको छैन् । विगत देखिनै महिलामाथी हुने हिंसाका घटनामा कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालयले उपलव्ध गराएको तथ्यांकमा उपलव्ध छ । जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आर्थिक वर्ष २०७८ को साउन यता चार सय ८४ वटा बिभिद शिर्षकका मुद्दा दर्ता भएका छन् ।

यसले अहिले पनि विभिन्न बहानामा महिलाहरु पीडित हुनुपरेको देखाउछ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकलाई हेर्ने हो भने जवरजस्ती करणीको घटनाले भयावह अवस्था निम्त्याउन थालेको छ । साउन यता ८ महिनामा ५४ वटा जवरजस्ती करणीका घटना घटेका छन् । यस्तै जवरजस्ती करणी उद्योगका २०, बहुविवाहका २९, बोक्सी आरोपका पाँच, आत्महत्याका ३२, आत्महत्या दुरुत्साहनका चार, अप्राकृतिक मैथुनका एक, वालयौन दुरुपयोगका दुई, भ्रुण हत्याको एक, कर्तव्य ज्याजको एक, घरेलु हिंसाका ८६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङ महिला सेलको तथ्यांकमा उल्लेख छ । कार्यालयका दुई सय ४८ ठाडो उजुरी परेका थिए ।