Ad Area

प्याब्सनको आयोजनामा हाजिरीजवाफ र हिज्जे प्रतियोगिता


दाङ,२४ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याब्सन घोराही नगरको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता र हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

घोराही नगर प्याब्सनको आयोजनामा कक्षा १–५ सम्मका विद्यार्थीहरूका लागि हिज्जे र कक्षा ६–८ का विद्यार्थीहरूका लागि हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको हो ।

हिज्जे प्रतियोगितामा घोराही ११ खैरास्थित श्री परोपकार इङलिस बोर्डिङ स्कुलका रमित बोहरा, कोमल सिंह र समीर वलीको समुह बिजेता , घोराही १२ स्थित सनराइज एकेडेमीका एलिजा अधिकारी,अनिश घर्ती र विपना बुढाको समुह उपविजेता तथा घोराही १५ स्थित दीपशिखा आवासीय माविका प्रिन्स पुन, अनुराग डाँगी र श्रीया गिरीको समुह द्वितीय उपविजेता भएका थिए ।

त्यस्तै हाजिरी जवाफ प्रतियोगितामा मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका बिजय वली, स्वस्तिका केसी र सुजन घिमिरेको समुह विजेता, सिद्धार्थ माविका बिक्रम नेपाली, बिधान गिरी र एलिसन गिरीको समुह उपविजेता र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका आयुष देवकोटा, अंकित पाण्डे र गृष्मा अधिकारीको समुह द्वितीय उपविजेता भएका थिए।

नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सदस्य यादव गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष निर्मल न्यौपाने, उपाध्यक्ष चक्रबहादुर रावतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगर प्याब्सनका उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए। कार्यक्रममा ३४ वटा विद्यालयको सहभागिता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad