Ad Area

लागु औषध विरूद्ध वक्तृत्वकला प्रतियोगिता


दाङ, २० असोज
६६ औँ प्रहरी दिवशको अवसरमा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता घोराहीमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कर्यालय दाङसँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा लागु औषध नियन्त्रण विषयक सचेतनामूलक बक्तृत्वकला प्रतियोगिता भएको हो ।

जसमा गुरूकुल एकेडेमीका सुलभ खनाल प्रथम, मावि रझेनाका मिलन बुढा मगर दृतिय, विद्यानिलकण्ठ माविका हरि केसी तृतिय र मावि रझेनाका विपना घर्ति र मावि ज्ञानसिन्धुका अस्मीता नेपाली सान्त्वना भएका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णुप्रसाद पुनको अध्यक्षता एवं पद्मोदय पब्लिक माविका सहायक प्रधानाध्यनपक लोकबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकहरूमा डा.कृष्णराज डिसी, दिपक शर्मा र हृदेशकुमार सापकोटा रहेका थिए ।

कार्यक्रममा साहित्यकार डा.कृष्णराज डि.सी, वडा प्रहरी कार्यालय घोराहीमा प्रमुख प्रहरी निरिक्षक हृदेशकुमार सापकोटा, सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार दिपक शर्मा’समीर’, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक दिपक शर्मा लगायतले आफ्ना भनाई राखेका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा सहभागीहरूलाई केन्द्रका कोषाध्यक्ष कैलाश रोका मगरले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सह–सचिव के.वि घर्तिले गरेका थिए ।