Ad Area

राप्रपा जिल्ला अध्यक्षमा बस्नेत


दाङ, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ को एकता महाधिवेशनअन्तर्गत बुधवार सम्पन्न जिल्ला अधिवेशनमा क्षेत्रबहादुर बस्नेत सर्वसम्मत जिल्ला अध्यक्षमा चयन भएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार जिल्ला अध्यक्षका अर्का प्रत्यासी भूपाल रावतले बस्नेतलाई सर्वसम्मत अध्यक्ष स्वीकार्दै उम्मेदवारी फिर्ता लिएपछि बस्नेत सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत अमर वलीले जानकारी दिएका छन् ।

त्यस्तै अधिबेशनले दाङ निर्वाचन क्षेत्र नं. ३ को अध्यक्षमा छोटीलाल थारुलाई सर्बसम्मत रुपमा चयन गरेको छ । प्रदेश सभा ३ ‘क’ को अध्यक्षमा लक्ष्मण केसी, प्रदेश ३ ‘ख’ श्रीमन न्यौपाने सर्बसम्मत चयन भएका छन् ।

त्यस्तै दाङ निर्वाचन २ (क) मा ईश्वरीप्रसाद शर्मा र क्षेत्र नं। २ (ख) को अध्यक्षमा चूर्णबहादुर वली सर्बसम्मत रुपमा चयन भएका छन् । क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा नरबहादुर बुढाथोकी चयन भएका छन् । त्यस्तै दाङ निर्वाचन क्षेत्र नं १ को सभापतिमा लिला यादब चयन गरिएका छन् ।

निर्वाचन क्षेत्र नं। १ (क)मा कमल नारायण चौधरी र १ (ख) शेषमणि घिमिरे सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।