Ad Area

नेपाल दलित संघको लुम्बिनी प्रदेश अध्यक्षमा जोगेन्द्र विश्वकर्मा


दाङ,२८ फागुन । नेपाल दलित संघ लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका जोगेन्द्र विश्वकर्मा निर्वाचित भएका छन । उनले आफ्ना प्रतिद्वन्दी गोपाल बहादुर विश्वकर्मालाई ७ मतले पछि पार्दै निर्वाचित भएका हुन ।

आज भएको प्रदेश कार्यसमितिको निर्वाचनमा विश्वकर्माको प्यानलै निर्वाचित भएको निर्वाचन अधिकृत तोजिन्द्र बहादुर विकले जानकारी दिए ।

प्रदेश कार्यसमितिको महिला उपाध्यक्षमा उर्मिला ताम्राकार, उपाध्यक्ष खुल्लामा मोलहे आर्य धोबी र बब्लु रैदास निर्वाचित भएका छन । त्यस्तै सचिवमा मोहन प्रसाद विश्वकर्मा, सहसचिवमा खेमराज सेन्चुरी, महिला सदस्यमा धनसरा सुनार,रेखा नेपाली, लक्ष्मीदेबि सुनार, परमसिला हरिजन, सपना विक खुल्ला सदस्यमा प्रेम बहादुर सुनार, करिम धोबी, रामदास चमार, इश्वरी सुनार र जयकरन प्रसाद पासी निर्वाचित भएका छन ।

विश्वकर्माले ४२ र गोपाल बहादुर विश्वकर्माले ३५ मत प्राप्त गरेका थिए । त्यस्तै महिला उपाध्यक्षका उम्मेदवार लिला नेपालीले ३० उर्मिला ताम्राकारले ४५, सचिव पदका उम्मेदवार प्रीतम परियारले ३२, मोहन प्रसाद विश्वकर्माले ४३, सहसचिव पदका उम्मेदवार अनिलकुमार सुनारले ३६ र खेमराज विश्वकर्मा सेन्चुरीले ३९ मत प्राप्त गरेका थिए ।

संस्थापन पक्षका उम्मेदवार जोगेन्द्र विश्वकर्मालाई जिताउन लुम्बिनी प्रदेशका उपसभामुख राजु खनालले मोर्चा सम्हालेका थिए भने संस्थापन इतरका उम्मेदवार गोपाल बहादुर विश्वकर्मालाई जिताउन नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार,केन्द्रिय सदस्य गोविन्द पौडेल, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र सहमहामन्त्री खगराज पाण्डेले मोर्चा सम्हालेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad