Ad Area

‘बिमतीमा सहमति खोजे पार्टी बन्छ’


दाङ,२१ असोज । नेपाली कांग्रेस रोल्पाका सभापति तथा पूर्वराज्य मन्त्री अमरसिंह पुनले पार्टीलाई सशक्त र समृद्ध बनाउनका लागि बिमतीबाट सहमती खोज्ने काम गर्नुपर्ने बताएका छन् । बिमतीबाट टाढिने काम गरे पाटीसँगै आफु पनि कमजोर हुने भएकाले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई पार्टी बनाउनका लागि बिमतीमा सहमति खोज्न ध्या दिनुपर्ने बताएका हुन ।

नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिले बुधवार घोराहीमा आयोजना गरेको बिजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पुनले परिवर्तनको नेतृत्वसँगै देशको समृद्धिका लागि कांग्रेस पार्टीको आवश्यकता रहेको बताएका हुन ।

उनले त्यसका लागि पार्टीभित्रको विवाद र मतभेदलाई त्यागेर सवैले पार्टीका लागि सोच्नुपर्ने बताए । ‘पार्टीभित्र केही विमतीहरु हुन्छन, ती बिमतीहरुलाई छलफलका माध्यमबाट समाधान गरेर अघि बढ्नुपर्छ’,नेता पुनले भने,‘बिमती हुँदैमा भाग्ने होइन । सहमति खोज्न ध्यान दिनुपर्छ ।’ नेता पुनले जातिय र क्षेत्रीयताको नाराले देश समृद्ध नहुने समेत बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले रोल्पामा कांग्रेसलाई बलियो र संगठित पाटी बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताएका थिए । उनीहरुले कम्युनिष्टबाट परिवर्तन सम्भव नभएकाले परिवर्तनको नेतत्व गर्ने गरि कांग्रेस पार्टीलाई संगठित र व्यवस्थीत बनाउन सवैले ध्यानदिनुपर्ने बताएका हुन । साथै उनीहरुले नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिले दाङ र रोल्पावासीलाई जाड्न महत्वपूर्ण काम गरेको भन्दै बिजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।