Ad Area

महोत्सवमा सामीद्वारा  आप्रवासीलाई सेवा


घोराही, ३० फागुन । घोराहीमा गत फागुन २६ गते देखि संचालनमा आएको औधोगिक पर्यटन तथा कृषि प्रदर्शनीमा आप्रवासीहरुका लागि सुचना केन्द्र स्थापना गरिएको छ ।
विदेश जान चाहाने, विदेशबाट फर्किएका, तीनका परिवार र आफन्तहरुको लागि वैदेसिक रोजगार सम्बन्धी चाहेको जानकारी दिनको लागि सुचना केन्द्र स्थापना गरिएको सामीले जनाएको छ । घोराही उपमहानगरपालिका (सामी) शाखाकी सुचना तथा परामर्शकर्ता रीता लामाले दिएको जानकारी अनुसार मेलामा विदेशमा जान चाहानेहरुलाई निशुल्क सीप तालिम, न्यायमा सहजिकरण र अन्य वैदेसिक रोजगारसँग जोडिएर कुनै पनि सुचना दिनको लागि केन्द्रको स्थापना गरिएको हो । विदेशमा समस्या परेमा पनि मेलामा रहेको सुचना केन्द्रबाट समेत सहयोग हुने उहाँले जानकारी दिनुभयो । महोत्सवमा आएका दर्शकहरुले चाहेको खण्डमा स्टल नम्वर २८८बाट आप्रवासन सम्बन्धी कुनै पनि जानकारी दिन सकिने उहाँले बताउनुभयो ।
स्वीस सरकार र नेपाल सरकारको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय पालिकाहरुको नेतृत्वमा संचालन भएको सुरक्षित आप्रवासन परियोजना (सामी) दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र ववई गाउँपालिकामा संचालनमा आएको छ । सामीले सुचना, सीप तालिम, न्यायमा सहजिकरण, वित्तिय व्यवस्थापन र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गर्दैआइरहेको छ ।

Blog Post Ad Blog Post Ad