Ad Area

कांग्रेस निर्वाचन एक्लै लड्नुपर्छ : नेता केसी


देउखुरी, १ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले गठबन्धन बाध्यता भएको बताएका छन् । कम्युनिस्ट र कांग्रेसको विचार, सिद्धान्त र बाटो नमिल्ने भए पनि अहिलेको देशको अवस्थाका कारण कम्युनिस्टसँग मिल्नुपर्ने वाध्यता रहेको बताएका थिए । ‘कांग्रेस र कम्युनिस्ट नदीका दुई किनार हुन् । तर बाध्यताबस मिल्नुपरेको छ, उनले भने, ‘यो विचार र सिद्धान्त मिलेर होइन ।’

देशको विषम परिस्थितिका कारण भएको हो । ‘उनले सरकार सञ्चालनका लागि गठबन्धन भए पनि निर्वाचन पार्टीको शक्ति परीक्षण भएकाले एक्लै निर्वाचन लड्नुपर्ने पक्षमा आफू भएको बताए । तर पार्टीले गठबन्धन गरेर उम्मेद्वार तय गरे इमानदारीका साथ पार्टीका नेता र कार्यकर्ता जिताउन लाग्नुपर्ने बताए । उनले एकता र मेलमिलाप कायम गर्दै कांग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउनका लागि सबैले ध्यान दिनुपर्ने बताए । त्यसका लागि कांग्रेसलाई वडा तहबाटै सवल र सक्षम बनाउन ध्यान दिनुपर्ने बताए । सबल वडा र सक्षम टोल बनाउन कांग्रेसले घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियान ल्याएको भन्दै कार्यक्रमका प्रमुख अतिथि केसीले त्यसका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।

एमसीसीको नाममा कुनै पनि हालतमा अमेरिकी सेना नेपालमा नआउने उनको अभिव्यक्ति थियो । उनले नेपालको विकास हुन नदिने र जनतालाई गरिब बनाएर राजनीति गर्ने स्वार्थका कारण कम्युनिस्टले एमसीसीको विरोध गर्ने गरेको बताए । नेपाली कांग्रेस केन्द्रीय समितिले सुरु गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत नेपाली कांग्रेस क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले कांग्रेसलाई संगठित र मजबुत पार्टी बनाए गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

जनताले कम्युनिस्टलाई देश चलाउनका लागि बहुमत दिए पनि चलाउन नसकेको प्रमाणित भएकाले अबको रोजाइको पार्टी कांग्रेस भएको बताए । त्यसका लागि नेतृत्वले अहिले पार्टी र देशको धरातल बुझ्दै जनताको भावना बुझेर गठबन्धन आवश्यता भए÷नभएको पार्टीले निर्णय गर्नुपर्ने बताए । विश्वासको पार्टी भएको भन्दै सहभागीले बनाएर आगामी निर्वाचनमा प्रमुख शक्तिका रूपमा विजयी गराउन सबै लाग्नुपर्ने बताएका थिए ।

उनीहरूले पार्टीमा एकता र सौहार्दता कायम गर्दै तीन वर्षका अवधिमा कम्युनिस्ट सरकारले गरेका भ्रष्टाचार, बेतिथि, संसद् विगठनलगायत असंवैधानिक कदमलाई जनता माझ लग्दै भण्डाफोर गर्ने र कांग्रेस सत्तामा आएपछि गरेका राम्रा कामको प्रचारसँगै एमसीसीको बारेमा जनतालाई सुसूचित गर्न अभियानलाई जनताको घर–घरमा लग्नुपर्ने बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति एवं संविधानसभा सदस्य राजु खनालले कम्युनिस्ट सरकारले सरकारलाई तीन वर्ष आर्थिक आम्दानीको माध्यम बनाउन खोज्दा देश दुर्घटनाको जोखिममा फसेको बताए । देश विकास र जनताको सेवाको लागि जनताले कम्युनिस्टलाई भोट दिए पनि केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति बढाउने, प्रेस, न्यायलय, अख्तियार, सुरक्षा निकायमाथि अंकुश लगाउने काम गरेर देशलाई नै वर्वाद पार्ने स्थिति सिर्जना भएपछि कांग्रेसले देशको नेतृत्व लिएको बताए ।

Blog Post Ad

उनले कांग्रेसले देशको नेतृत्व लिएपछि संविधानको रक्षासँगै भ्रष्टाचार, अनियमितालगायका बेथिति रोकिएको बताए । उनले आर्थिक रूपमा कमजोर हाम्रो देशका लागि एमसीसी विकासको लागि महत्वपूर्ण परियोजना भए पनि कम्युनिस्टहरूले गलत व्याख्या गरेर जनतामा भ्रम सिर्जना गर्ने काम गरेको भन्दै त्यसलाई जनता माझ लगेर भ्रम चिर्नका लागि लाग्न सबैलाई आग्रह गरेका थिए ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पदभन्दा पार्टीलाई महत्व दिएर निर्वाचनमा जिताउन कांग्रेसका नेता तथा कार्यकर्ताहरू लाग्नुपर्ने बताए । त्यसका लागि कांग्रेस र कम्युनिस्ट सरकारले गरेका कामहरू जनताको माझ लग्ने राम्रो काम गर्ने पार्टीलाई रोज्न जनतासंग आग्रह गर्ने बताए । कार्यक्रममा संविधानसभा सदस्य सुशीला चौधरीले कांग्रेस हार्दा आफूले मात्रै नहारेर देश नै कमजोर हुने अवस्था रहेको भन्दा आफूसँगै पार्टी र देशलाई कमजोर बनाउने खेलमा नलाग्न पार्टीका नेता तथा कार्यकार्तालाई आग्रह गरिन् ।

उनले पार्टीले उम्मेद्वार बनाएको व्यक्तिलाई विजयी गराउन पार्टीका नेता तथा कार्यकर्ताहरू इमानदारीका साथ लाग्नुपर्ने बताए । कार्यक्रममा कांग्रेसका नेता जानकीलाल बस्नेतले तीनवर्षे अवधिमा कम्युनिस्ट सरकारले देखाउन सक्ने कुनै काम गर्न नसकेको बताए । यसैगरी उनले आफू भए निर्वाचन जित्ने र अरुले हार्ने भन्ने भावना त्यागेर पार्टीले उम्मेद्वार बनाएको व्यक्तिले जित्नुपर्छ भनेर लाग्नुपर्ने बताए । नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान आउने निर्वाचनमा कांग्रेस जिताउने अभियानको सुरुवात भएको भन्दै अभियानलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ताहरू इमानदार रूपमा लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरी, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला उपसभापति नारायण बिसी, नेपाली कांग्रेसका जिल्ला सदस्य पूर्णबहादुर बस्नेत, नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी, नेपाली कांग्रेस राप्ती गाउँपालिका अध्यक्ष विद्याशरणा चौधरी, नेपाली कांग्रेस गढवा गाउँपालिका सभापति किरण पौडेल, नेपाल महिला संघ क्षेत्र नं. १ का अध्यक्ष खिमादेवी रिजाल, प्रदेश प्रतिनिधि नवाफ अलीकालगायतले कांग्रेसलाई आगामी निर्वाचनमा जिताउन राम्रा, योग्य र पार्टीको बेस लेवलबाट काम गरेका नेतालाई टिकट दिनुपर्ने बताएका थिए ।

विषयवस्तुमाथि प्रकाश क्षेत्रीय  सभापति भेषराज पाण्डेले पारेका थिए । उपसभापतिश्रीपत चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्माले गरेका थिए । कार्यक्रमका सहभागीलाई क्षेत्र न १ (ख) का सभापति दिनेश गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।

Blog Post Ad Blog Post Ad