Ad Area

दाङ क्रिकेट लिग : खेलाडी किन्न दाङमा प्रतिस्पर्धा …


दाङ, १ चैत । जिल्लामा पहिलो पटक क्रिकेट खेलाडीहरूको किनवेच भएको छ । क्रिकेट खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न जिल्लामा पहिलो पटक यस्तो अभ्यास गरिएको हो । जिल्ला र बाहिरका ७० जना खेलाडीलाई ५ टिमले चार हजारदेखि १५ हजारसम्ममा किनबेच गरेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैयाँले बताए ।

उनकाअनुसार खेलाडी किनबेच भएको जिल्लामा पहिलो हो । यो अभ्यासले जिल्लाको क्रिकेट क्षेत्रको विकासमा टेवा पुग्ने र खेलाडीलाई प्रोत्साहन मिल्ने उनले बताए । अध्यक्ष मजगैयाँकाअनुसार पुरन्धारा च्यालेन्जर्स, तुलसीपुरको रोयल, दङ्गाली लायन्स, घोराही टाइगर र देउखुरी वारियर्सले खेलाडीको वर्गीकरणअनुसार मूल्य बढाबढ गरेर किनेका हुन् ।

 

चैत १२ गते जिल्लामा ‘दाङ क्रिकेट लिग–२०७८’ सुरु हुँदैछ । त्यसको लागि सोमवार अक्सन (खेलाडी खरिद) सम्पन्न भएको हो । कार्यक्रम दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष मजगैयाँको अध्यक्षता तथा लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार खड्क बुढाथोकीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जीवन गौतम, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले जिल्लामा क्रिकेटको सम्भावना राम्रो भएकाले राज्यले अब अपनत्व लिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन दाङ क्रिकेट संघका पूर्व अध्यक्ष किशोरचन्द्र गौतमले गरेका थिए । अक्सन कार्यक्रम विज्ञ कृष्ण भण्डारीले सञ्चालन गरेको संघका सचिव सञ्जु केसीले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad