Ad Area

दाङ जिल्ला कराते संघको अध्यक्षमा : बस्नेत


लक्ष्मण बस्नेत
दाङ, ७ चैत । दाङ जिल्ला कराते संघको अध्यक्षमा पदमबहादुर बस्नेत चयन भएका छन् । संघको सोमबार तुलसीपुरमा भएको साधारणसभा तथा अधिवेशनले बस्नेतलाई अध्यक्षमा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले पुनर्गठन गरेको हो ।

जसको उपाध्यक्षद्वयमा बसन्त केसी र यामबहादुर थापा, सचिब मोहलाल थापा, कोषाध्यक्ष खिमबहादुर परियार, सहसचिव मधुसुधन घर्ति रहेका छन् । संघको सदस्यमा प्रतीक्षा बिसी, कृजना पुन, बलबहादुर बुढा, निराजन भण्डारी, आयुस रिजाल, देउचन केसी, रेशम खड्का, रमेश पुन,पुष्पा बिक, सुनमाया थापामगर, बिमला डाँगी रहेका छन् ।

यसैबीच संघको सोमबार बसेको पहिलो बैठकले संघको सल्लाहकारमा बलराज नेपाली, धनप्रसाद घर्ती, हरि बहादुर घर्ती र प्रेस सल्लाहकारमा लक्ष्मण बस्नेतलाई चयन गरेको छ । त्यस्तै बैठकले काठमाडौको सातदोबाटोमा चैत २४,२५ र २६ गते हुने प्रथम कृष्णप्रसाद भट्टराई स्मृती राष्टिय तथा १९ औं एशियन छनोट कराते प्रतियोगिता र गणेशमा सिंहको स्मृतिमा यहि चैत १५ र १६ गते हुन गैइरहेको राष्ट्रिय कराते प्रतियोगितामा जिल्ला छनोट गरि खेलाडी सहभागी गराउने निर्णय गरेको संघका सचिव मोहलाल थापाले जानकारी दिएका छन् ।

अधिवेशन संघका अध्यक्ष हरिबहादुर घर्तीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख बलराज नेपालीको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन संघका सचिव मोहलाल थापाले गरेका थिए ।