Ad Area

घोराहीमा जारी प्रदर्शनी एक दिन थप


दाङ, ७ चैत । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ एक दिन थप गरिएको छ । नागरिकको माग अनुसार एक दिन थप गरिएको प्रदर्शनी मुख्य आयोजक समितिका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिएका छन् ।

अव प्रदर्शनी चैत ९ गते सकिने भएको छ । प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको छ । दिउसो चर्को घामको पनि प्रभाव नगरी उनीहरु रमाउने गरेका छन् । विहानदेखि साँझसम्म नै कलाकारहरुसंगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता बढ्दै गएको मुल आयोजक समितिले जनाएको छ । प्रदर्शनीको १२ औं दिन पनि साँझसम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो ।

 

प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवश्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरुसंगसंगै रमाएका थिए । दर्शकहरुलाई घामबाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो ।

सोमवार प्रमोद खरेल, कृष्ण काफले, रिया घले, अनु राना मगर, सुनिता अधिकारी, सगुन थापा, शरद समिप, देवेन्द्र वस्नेत, शशी शर्मा मजगैया तथा स्थानीय कलाकारहरुले आआफनो प्रस्तुती राखेका थिए । मंगवार प्रिती आले, मिस्टर आर जेलगायतका कलाकारहरु आउने भएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad