Ad Area

सुख्खा पहिरो खस्दा दाङ–सल्यान सडकखण्ड अबरुद्ध


दाङ, ९ चैत । दाङ–सल्यान सडक खण्डमा सुख्खा पहिरो खस्दा एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते भएका छन् ।

सल्यानको कपुरकोट–३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजे सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला–ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको छ ।

अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको डिएसपी सुमित खड्काले जानकारी दिए । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

दाङबाट अर्काे एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Blog Post Ad Blog Post Ad