Ad Area

दाङमा ९ सय बढी क्षयरोगका बिरामी


दाङ,१० चैत । आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

एकजना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । दाङमा गएको दुई वर्ष भन्दा चालूआर्थिक वर्षमा क्षयरोगीहरु फेरी बढ्न थालेको स्वास्थ्य कार्यालय दाङका क्षय-कुष्ठरोग अधिकृत डम्बर बहादुर केसीले जानकारी दिएका छन । उनका अनुसार गएका वर्षहरुमा कोभिड १९ का कारण क्षयरोगीहरुको संख्यामा कमी आएको भएपनि यो आर्थिक वर्षमा बढ्न थालेको उनले बताए । अनुसारका अहिले दाङमा ९०१ जना क्षयरोगीहरु रहेका छन् ।

त्यी मध्य ४९७ जना नयाँ क्षयरोगी हुन् भने ४०४ जना औषधि आएर पनि सन्चो नभइ दोहोरिएका बिरामी छन् । त्यसैगरी रोग पत्ता लागि उपचार पश्चात ९३ प्रतिशत व्यक्ति निको भएको केसीले बताए । त्यस्तै जिल्लामा क्षयरोगबाट २.९ प्रतिशतको भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् भने ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् ।

Blog Post Ad Blog Post Ad