Ad Area

३३ बर्षको उमेरमा दुवै मृगौला फेल, उपचारमा सहयोग गरिदिन आग्रह


दाङ, १० चैत । घोराहीमा मृगौला पीडित एक परिवारले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–२ शेरवाङ घरभै हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्दै आएका ३३ बर्षीय युवराज घर्तीमगर करिव एक बर्षदेखि मृगौला रोगबाट पीडित भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाई भएकाले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेका हुन् ।

घरको सामन्य अवस्था भएको र उपचारका लागि सहयोग माग्दामाग्दै करिव दश लाख रुपैया ऋण लागिसकेकाले उपचारमा कठिनाई भएको भन्दै श्रीमती मालती घर्तिमगरले श्रीमानको उपचारका लागि सहयोग गरिदिन संघसस्था तथा सहयोगी व्यक्तिहरुलाई आग्रह गरेकी हुन् । श्रीमानको डायलाईसिस गर्न हप्तामा २ पटक लमही अस्पतालमा जानुपर्ने बाध्यता भएको हुँदा जाँदा आउँदा तथा औषधि किन्न पैसा अभाव हुँदै आएको छ ।

‘घरको कमजोर अवस्था कारण उपचारमा समस्या भएको छ । एक हप्तामा दश हजार रुपैया खर्च हुने गर्दछ’,श्रीमती मालतीले भनिन्,‘तर घरमा कमाउने कोही हुनुहुन्न । उपचार के गरी गर्ने हो भन्ने चिन्ताले सताएको छ । उपचारमा धेरै खर्च हुने भएकाले सहयोग गरिदिन आग्रह गर्दछु ।’

काठमाडौको टिचिङ अस्पतालमा उपचार भएको भन्दै उनले अहिले लमहीमा रहेको बुद्ध सामुदायिक अस्पतालमा मृगौलाको नियमित रुपमा डायलाईसिस गर्दै आएका छन् । पैसा नहुँदा श्रीमानलाई डायलासिस गर्न लमहीसम्म लग्न समेत समस्या हुने गरेको श्रीमती मालतीले बताइन ।

‘लमही लग्न, औषधी किन्नलगायत गर्दा एक पटकमा पाँच हजार सकिन्छ । हप्तामा दुई पटक डायलाईसिस गर्नुपर्ने हुन्छ’,उनले भनिन्,‘तर उपचार गर्दागर्दै कहिलेकाही लमहीसम्म लग्ने पैसासम्म हुन्न ।’ सहयोगका लागि ९८४८०५८३२४ नम्वरमा सम्पर्क गर्न समेत आग्रह गरेकी छिन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad