Ad Area

महराका स्वकीय सचिव प्रमोद शर्मा दम्पती एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत


दाङ,१० चैत । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

काठमाडौंमा भएको एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले प्रवेश गर्नुभएको हो ।

शर्मा माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्ष हुनुहुन्थ्यो । चौधरी पनि प्रदेशस्तरीय नेता हुनुहुन्छ । पार्टी विचलमा फसेको भन्दै शर्माले माओवादी परित्याग गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad