Ad Area

क्षयरोगको लक्षण देखिए परिक्षण गराउन आग्रह


घोराही, १० चैत । दाङमा विश्व क्षयरोग दिवश मनाइएको छ । बिहीबार घोराही उपमहानगरपालिका वडा नं. ५ गैरीगाउँमा छलफल सहित दिवश मनाइएको हो ।

नेपाल क्षयरोग निवारण संस्था दाङको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय र घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोगमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागि सरोकारवालाले क्षयरोग चुनौतीको बिषय बन्दै गएको बताएका थिए । पछिल्लो समयमा खुलेका सिमेन्ट उद्योगको प्रदुषण तथा बायू प्रदुषणका कारण फोक्सोमा समस्या हुने र क्षरोगका विरामी बढ्ने गरेको देखिएको छ । जिल्लामा अहिले नौ सय भन्दा धेरै क्षयरोगका बिरामी रहेको राष्ट्रिय क्षयरोग केन्द्र (किड्स) को तथ्यांकमा उल्लेख छ ।

कार्यक्रमा स्वास्थ्य कार्यालय दाङका क्षय कुष्ठ रोग अधिकृत डम्बर बहादुर कवँरले जिल्लामा क्षयरोगका विरामीको उपचार सफलता दर ९३ प्रतिशत रहेको बताउनुभयो । पहिले क्षयरोगका बिरामीहरुलाई घृणाको दृष्टीले हेर्ने गरिएपछि अहिले भने क्षयरोग प्रतिको दृष्टीकोण बदलिदो रहेको बताउनुभयो । ‘यो उपचार हुने अरु जस्तै सामान्य रोग हो, डाक्टरको प्रत्यक्ष निगरानीमा नियमित रुपमा औषधि सेवन गर्दा निको हुन्छ ’ हामी मध्य जो कोहीलाई पनि यो रोग लाग्न सक्छ ।’ उहाँले भन्नुभयो । ‘लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु, तौल घट्नु जस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा जचाउनुस ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा किड्स नेपालका कार्यक्रम संयोजक माधव खनालले अहिलेपनि क्षयरोगका विरामीहरु लुकेर रहेको बताउनुभयो । जिल्लाका नौ सय एकजना तथा नेपालभर २७ हजार राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता भएपनि ३५ देखि ४० हजार बिरामीको संख्या लुकेर रहेको आँकलन गर्नुभयो । क्षयरोग उपचार गरे निको हुने रोग भएकाले कुनै लाज डर नमानी उपचार तर्फ लाग्न सुझाव दिनुभयो ।

अहिले जिल्लामा दुई वटा र नेपालमा ८२ वटा जिन एक्सपट मेसिन छन् । जसले तत्कालै क्षयरोग होकी होइन भनेर पक्ता लाग्न सक्छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जिन एक्सपट मेसिन राखिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र (किड्स) अन्तर्रगत ४६ वटा डट्स सेन्टर, ३२ वटा माइक्रोस्कोप सेन्टरलार्ई सहयोग गर्दै आएको छ । कार्यक्रम संयोजक खनालले खकार ढुवानी कार्यक्रम संचालन गरेको जानकारी गराउनुभयो । जिल्लाका स्वास्थ्यचौकीमा रगत संकलन गरी परिक्षणका लागि ढुवानी गरिन्छ । यस्तै सम्पर्क परिक्षणको व्यवस्था गरिएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले क्षयरोग निवारणको लक्ष्यमा अगाडी बढ्न आग्रह गर्नुभयो । स्वास्थ्य सरोकारवालाले मात्र नभइ नागरिकहरुको सहयोग आवश्यक भएको उहाँको धारणा थियो । क्षयरोगको लक्षण देखिए लुकाएर नबस्न आग्रह गर्नुभयो । डाक्टरको प्रत्यक्ष निगरानीमा छ महिना नियमित रुपमा औषधि खाए निको हुने भन्दै सचेत रहन आग्रह गर्नुभयो । पहिले क्षयरोगकै कारण धेरैले अकालमा मृत्यूवरण गर्ने अवस्था भएपनि अहिले हरेक कुराको उपचार सम्भव भएको बताउनुभयो ।

Blog Post Ad

कार्यक्रममा घोराही उपमहानगरपालिका ५ धर्ना स्वास्थ्यचौकी प्रमुख नारायण न्यौपानेले क्षयरोगीको संख्या बढ्दो रहेको बताउनुभयो । अहिले धर्नामा १५ जना क्षयरोगका बिरामीको संख्या छ । ती मध्य सात जनालाई नसर्ने र आठ जनामा सर्ने खालका क्षयरोगका विरामीहरु रहेको जानकारी दिनुभयो । जसमा दुईजना वालवालिका रहेका छन् । नेपाल क्षयरोग निवारण संस्था दाङका अध्यक्ष खिमलाल डाँगीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालले क्षयरोगबाट जोगिन सचेत बन्नुपर्ने बताउनुभयो । स्वास्थ्य कार्यालयका अधिकृत बामदेव शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन लाल बहादुर रावतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad