Ad Area

घोराहीमा एक पुरुषको शव फेला


घोराही, ११ चैत । दाङको घोराहीमा एक पुरुषको शव फेला परेको छ । घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

चौधरीको शव शुक्रवार बिहान मानव निर्मित गौरीशङ्कर तालको किनारमा फेल परेको हो । बिहिवार दिउँसो भैँसीलाई पानी खुवाउन गएका चौधरी घर नफर्किएपछि आफन्तले उनको खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए ।

तालमा नुहाउने क्रममा डुबेर चौधरीको ज्यान गएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Blog Post Ad Blog Post Ad