Ad Area

नेपाल बैंक घोराहीको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न


घोराही, ११ चैत । नेपाल बैंक लिमिटेड दाङ शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । विश्वव्यापी मुद्रा सप्ताह २०२२ को सप्ताह अन्तर्गत बैकले घोराहीको रझेना माध्यामिक विद्यालयमा शुक्रबार एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयमा अध्ययनरत करिव २ सय जना बिद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ ।

बदलिदो समयमा बित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले बित्तीय जानकारी सबैलाई हुनुुपर्ने भएका कारण साप्ताहिक कार्यक्रम को अवसर पारेर विद्यार्थीलाई अभिमुुखिकरण गरिएको बैंकका शाखा प्रबन्धक सरोज उपाध्यायले जानकारी दिए । बैंकका सहायक प्रबन्धक गायत्री भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शाखा प्रवन्धक सरोज प्रसाद उपाध्याय, कर्मचारीहरु केशव सुवेदी, नवराज आचार्य लगायत लगायतकाले आर्थिक बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तिय साक्षरताले दिने फाईदा तथा डिजिटल कारोवारको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक उद्द्व न्यौपानेको प्रमुख आतिथ्यता, बैकका शाखा प्रबन्धक सरोज प्रसाद उपाध्यायको अध्यक्षता एंव विद्यालयका शिक्षक गिरि प्रसाद भट्टराई, पदम आचार्य , लोकमणी आचार्य लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको बैकका कर्मचारी संजय पाण्डेले जानकारी दिएका छन् ।

 

Blog Post Ad Blog Post Ad