Ad Area

गुरुकुल एकेडेमीकी सुलोचनाले चुमिन् मिस दाङको उपाधी


दाङ,१२ चैत । गुरुकुल एकेडेमीमा अध्ययनरत सुलोचना श्रेष्ठले मिस दाङको उपाधी जितकी छिन् ।

शुक्रवार घोराहीमा भएको मिस्टर एण्ड मिस दाङको फिनालेमा उत्कृष्ट प्रर्दशनी गर्दै श्रेष्ठ मिस दाङ २०२२ –सिजन ३)को विजेता बनेकी हुन् । प्रतियोगितामा सहभागी आफ्ना प्रतिद्धन्द्धीहरुलाई पछि पार्दै उनी मिस दाङको उपाधी चुमेकी हुन् । श्रेष्ठ गुरुकुल एकेडेमीमा ११ को विज्ञान संकायमा अध्ययनरत छिन् ।

मिस दाङको विजेता बनेसँगै विद्यालयले उनलाई बधाई ज्ञापन गरेको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताए । श्रेष्ठले मिस दाङ बनेको विद्यालयको गौरव र प्रतिष्ठाको विषय भएको उनले बताए । गुरुकुलले अध्ययनरत विद्यार्थीहरुलाई यस किसिमका गतिविधिहरुमा सहभागी गराउँदै आएको छ ।

कार्यक्रम प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad