Ad Area

खुसी एकलौटी’ लिएर आए बिष्ट


दाङ, १२ चैत ।
खुसी एकलौटी कहाँ हुन्छ
तिम्रो पनि हो मेरो पनि हो,
आँसु एकलौटी कहाँ हुन्छ
तिम्रो पनि हो मेरो पनि हो ।

नेपाली सुगम संगीतको यात्रामा आफ्नो नवीन गीतको गायनसँगै आएका छन् गायक रविन बिष्ट । सल्यान जिल्लाको सदरमुकाम खलंगाका स्थायी बासिन्दा उनी पेसाले स्वास्थ्य क्षेत्रमा आबद्ध रहेका युवा स्रष्टा हुन् । गीत हो ‘खुसी एकलौटी’ भनिन्छ नि ‘मान्छे एक, प्रतिभा अनेक’ मानिसमा अनेक प्रतिभाहरू लुकेर, खुम्चिएर वा पारिस्थितिक अवस्थाले गर्दा सिर्जनाको मूल फुट्न दिएको हुँदैन । समय कुनै बेला आउने रहेछ र त्यो यही समय भयो उनका लागि । श्रोता र दर्शकको लागि सुन्ने र हेर्ने गरी गीतको भिडियो पनि रिलिज भयो ।

लगाव राखे, झुकाव राखे र कर्म गरे फल अवश्य पाइन्छ भन्ने मान्यता राख्ने गायक रवीनलाई सुगम संगीतको यात्रामा अगाडि बढाउन गीतकार यादव उपाध्यायको गीत प्राप्त हुनु, संगीतकार तथा गायक चेतन राईसँगको सहकार्य र पुराना गायक तथा उनको जीवनका पूवाद्र्धका दिनका शैक्षिक गुरु लक्ष्मण राईलगायतको हौसलाले महत्वपूर्ण भूमिका खेल्यो ।

गीतलाई चेतन राईको अफिसियल युट्यूव च्यानलबाट रिलिज गरिएको छ । गीतमा चर्चित युवा गायक चेतन राईले संगीत दिएका छन् । एरेञ्ज सूर्य रुम्बाको रहेको छ भने अभिनयमा प्रनिमा दाहाल र प्रायदीप राईलाई देख्न सकिन्छ । शृंगार दीया रिजालले गरेकी हुन् । सहायक क्यामेरामेन विशाल थापा, प्रोडक्सन म्यानेजरमा विक्रम तामाङ रहेका छन् भने क्यामरा, भिडियो सम्पादन तथा निर्देशन फराज अर्पणको रहेको छ ।

सको प्राविधिक पक्ष विशाल राईले हेरेका छन् । भिडियोको प्रस्तुतकर्तामा मुना बिष्ट रहेकी छन् । निर्माण पक्षले गीतको भिडियो हेरेर कलाकारलाई हौसला प्रदान गर्न र नेपाली गीत–संगीतलाई माया गर्न अनुरोध गरेको छ ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad