Ad Area

दाङ क्रिकेट लिग : बलिया प्रतिद्वन्द्वी घोराही टाईगर्स र पुरन्धारा च्यालेन्जर्स भिड्दै


दाङ,१४ चैत । दाङमा जारी लिगमा दाङ क्रिकेट लिगमा आज सोमबार अपराजित टिम घोराही टाईगर्स र लयमा रहेको पुरन्धारा च्यालेन्जर्स आमनेसामने हुँदैछन् ।

घोराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी लिगमा अहिले यी दुई टिमबिच प्रतिष्पर्धा भईरहेको छ । घोराही टाईगर्स अपराजित रहँदै २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहँदा १ खेलमात्रै खेलेको पुरन्धारा च्यालेन्जर्स जितसहित अंक तालिकाको दोश्रो स्थानमा छ ।

आजको खलमा घोराही स्पष्ट जित निकाल्दै शिर्ष स्थानमा यथावत रहन चाहन्छ भने पुरन्धारा च्यालेन्जर्स पनि घोराहीलाई हराउँदै माथि उक्लिन चाहन्छ । दुवै टोली जारी लिगमा लयमा देखिएकाले आजको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यस्तै, जारी लिगमा एकमा हार र एक खेलमा जीत निकाल्दै २ अंकका साथ तेश्रो स्थानमा देउखुरी वारियर्स रहँदा दुई खेलमा हार व्यहोरेको दंगाली लायन्स चौथो र तुलसीपुर रोयल्स पनि एक खेलमा जीत विहिन हुँदै अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । जारी लिगमा हरेक टीमले एक अर्कासँग चार वटा खेल खेल्नेछन् ।

चैत्र १७ गतेसम्म चल्ने जारी लिगमा अब सोमबार दिउँसो १ बजेपछि दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच खेल हुने लिग आयोजक संयोजक प्रदीप मजगैयाले जानकारी दिए ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० देखी ६० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान आयोजकले लिएको छ ।

Blog Post Ad

प्रथम हुने समूहलाई २ लाख र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कार रहेको छ । यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा बल क्याच गर्ने दर्शकलाई नगद पुुरस्कृत गरिने भएको छ ।

Blog Post Ad Blog Post Ad