Ad Area

दाङ क्रिकेट लिगकाे फाईनलमा घाेराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स १२ रनले पराजित


घाेराही, १४ चैत्र । दाङमा जारी लिगमा दाङ क्रिकेट लिगमा अपराजित टिम घाेराही टाईगर्स फाईनल प्रवेश गरेकाे छ ।
लिगकाे पाँचाैँ खेलमा पुरन्धारा च्यालेन्जर्सलाई अाज भएकाे खेलमा १२ रनले हराउँदै उत्कृष्ट लयमा रहेकाे घाेराही च्यालेन्जर्स फाईनलमा पुगेकाे हाे ।

घाेराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी लिगमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे घाेराही टाईगर्सले पहिलाे पावर प्लेमा बिना विकेटकाे क्षतिमा सम्मानजनक स्काेर बनाएकाे थियाे । शुरुवात राम्राे गरेकाे घाेराही टाईगर्सले निर्धारित २० अाेभरमा अाफ्नाे ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायाे ।
याे याेगफल जारी लिगमा सबैभन्दा धेरै पनि हाे ।

१ सय ५३ रनकाे लक्ष्यसहित मैदानमा उत्रिएको पुरन्धारा च्यालेन्जर्स शुरुवातबाटै दवावमा परेपछि लक्ष्यमा पुग्न संघर्ष गर्याे । शुरुवाती व्याट्सम्यान पहिलाे पावर प्लेमा गुमाएको पुरन्धारा च्यालेन्जर्सलाई राजु रिजालले जित तर्फ लैजाने प्रयास गरे पनि पर्याप्त हुन सकेन । लगातार विकेट खसेपछि पुरन्धारा च्यालेन्जर्सले रन बनाउन नसकेपछि १२ रनले हार व्यहाेर्याे ।

घाेराहीलाई जित दिलाउन घाेराहीका मार्की खेलाडी रासिद खानले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएपछि पुरन्धारा च्यालेन्जर्स १९ दशमलव २ बलमा सबै विकेट गुमाउँदै १ सय ४० रनमा समेटियाे ।

अाजकाे जितसँगै घाेराही एक खेल अगावै फाईनलमा पुग्ने पहिलाे टिम पनि बनेकाे छ ।
घाेराही टाईगर्सले ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । जारी लिगमा हरेक टीमले एक अर्कासँग चार वटा खेल खेल्नेछन् ।

चैत्र १७ गतेसम्म चल्ने जारी लिगमा अब सोमबार दिउँसोकाे छैठौं खेलमा दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच खेल हुने लिग आयोजक संयोजक प्रदीप मजगैयाले जानकारी दिए ।

Blog Post Ad

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० देखी ६० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान आयोजकले लिएको छ ।

प्रथम हुने समूहलाई २ लाख र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कार रहेको छ । यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा बल क्याच गर्ने दर्शकलाई नगद पुुरस्कृत गरिने भएको छ ।

 

 

 

Blog Post Ad Blog Post Ad