Ad Area

ग्रामीण क्षेत्रका महिलालाई निशुल्क सेनिटरी प्याड वितरण


घोराही, १४ चैत्र । ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन तथा सचेतना प्रदान गर्न सेनिटरी प्याड वितरण गरिएको छ ।
सुनिता ट्रष्ट फाउन्डेसनको आयोजनामा सोमबार घोराही उपमहानगरपालिका वडा नम्बर ४ डाँडागाउँस्थित राजधानी टोल विकास संस्थामा बस्दै आएका करीव ३ दर्जन महिला तथा किशोरीहरुलाई सेनिटरी प्याड वितरण गर्दै स्वास्थ्य सचेतना प्रदान गरिएको हो ।
संस्थाकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा सेनिटरी प्याड सहयोगकर्ता संस्थाकी आजीवन सदस्य रजनी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित महिला तथा किशोरीहरुलाई निशुल्क रुपमा रजनी श्रेष्ठले सेनिटरी प्याड वितरण गर्दै प्रजनन् स्वास्थ्यमा ख्याल गर्न आग्रह गरिन् ।
अहिले पनि महिलाहरुले मासिक श्रावका नाममा समस्या हुँदासम्म रोग लुकाएर बस्ने, फोहोर कपडा प्रयोग गर्ने गरेकाले प्रजनन् स्वास्थ्य महिलाहरुको स्वस्थ जीवनका लागि अनिवार्य भएकाले आफ्नो आनीबानी परिवर्तनसँगै सफाईमा ध्यान दिन वक्ताहरुको आग्रह थियो । कार्यक्रममा राजधानी टोल विकास संस्थाका अध्यक्ष बुझाउना चौधरी, सदस्य सीता चौधरी, फाउन्डेसनकी पदाधिकारी मिरा चौधरीलगायतले बोलेका थिए ।
ग्रामीण महिला उत्थान केन्द्रकी सूचना अधिकारी पार्वती बस्नेतको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण फाउन्डेसनकी सहजकर्ता कमला शर्माले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad