Ad Area

विद्यार्थीद्वारा अपांग संघलाई खाद्यान्न सहयोग


घोराही, १४ चैत्र । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका शारीरिक अपांगता भएका व्यक्तिहरुलाई विद्यालयमा अध्ययनरत बालबालिकाहरुले भ्रमणमा बचाएको रकम सहयोग गरेका छन् ।
घोराहीमा रहेको भ्याली टप अंग्रेजी बोर्डिङ्ग स्कुलमा अध्ययनरत ९ र १० का विद्यार्थीहरुले आफ्नो शैक्षिक भ्रमणबाट बचेको रकम सोमबार एक कार्यक्रम गरी सहयोग गरेका हुन् ।
घोराही १४ झिँगौरा स्थित कार्यालयमा पुुगेर उनीहरुले १५ हजार रुपैयाँ बराबरको ६ प्रकारका खाद्यान्न सहयोग गरेका हुन् । विद्यार्थीहरुबाट गरिएको खाद्यान्न सहयोग संघका सभापति शरद अधिकारी र कोषाध्यक्ष बसन्त राज भट्टले लिए । सो सामग्री उपलब्ध गराउन विद्यार्थीहरु संघको परिसरमा पुुगेका थिए ।
विद्यार्थीहरुको सामाजिक कामले संस्थालाई सहयोग पुुगेको बताउँदै सभापति अधिकारीले हरेक बालबालिकाहरुमा सामाजिक भाव हुनुुपर्ने बताए ।

Blog Post Ad Blog Post Ad