Ad Area

दाङ क्रिकेट लिगमा पुरन्धारा टस जितेर फिल्डिङ गर्दै, जित्नै पर्ने दवाव


घोराही, १६ चैत । दाङमा जारी दाङ क्रिकेट लिगमा घोराही टाईगर्स बाहेक अरु चारवटै क्लबले शुरुवाती हारपछि जीत हासिल गर्दै गएकाले लिग समीकरण रोमाञ्चक बनेको छ । आज बुधबार हुने खेलमा चारवटै क्लबले स्पष्ट जीत निकाल्दै उत्कृष्ट दुुईमा पर्ने दाउका साथ मैदानमा उत्रदैछन् । आज बिहान पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल्सबीच खेल भईरहेको छ ।

लगातार ३ खेलमा अपराजित हुँदै फाईनल पुगेको घोराही टाईगर्सलाई हिजो भएको खेलमा तुलसीपुर रोयल्सले २ विकेटको रोमान्चक जित निकालेपछि फाईनल यात्रा रोचक बनेको हो । घोराही १७ गुलरिया क्रिकेट रंगशालामा पुरन्धारा र तुलसीपुर रोयल्सबीचको खेल शुरु भएको छ ।

लिगको नवौ खेलमा अहिले पुरन्धारा च्यालेन्जर्सले टस जितेर फिल्डिङ गर्दैछ भने तुलसीपुर रोयल्स व्याटिङमा उत्रिएको छ । पुरन्धाराले आफ्नो पक्षमा खेलको नतिजा पार्न अनुभवी तथा युवा स्टारहरुको भरपूर उपयोग गर्दै कम स्कोरमा रोक्ने दाउमा छ ।

यस्तै आज दिउँसोका खेलमा देउखुरी वारियर्स र दंगाली लायन्स आमनेसामने हुँदैछन् । देउखुरी वारियर्स जारी लिगमा दुई जितसहित दोश्रो स्थानमा रहेपनि फाईनल पुग्न पर्याप्त छैन । उसलाई आजको खेल जित्नु पर्ने हुन्छ । अन्यथा, तीन वटा क्लबको ४ खेलमा २ जित र दुई हार हुने भएकाले नेट रनरेटका आधारमा फाईनल पुग्नेछ । त्यसैले जितसँगै नेट रनरेटमा पनि सुधार गर्न जरुरी रहेको छ ।

लिगमा घोराही टाईगर्स भने ४ खेलमा ३ मा जीत एकमा हारसहित ६ अंकका साथ पहिलो स्थानमा छ ।

पाँच वटा फ्रेन्चाईज टीम खडा गरी जिल्लामै पहिलो पटक आयोजना गरिएको लिगमा देशभरबाट अक्सन मार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिए। लिगको फाईनल खेल भोलि १७ गते हुनेछ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad