Ad Area

द्वन्द्वपीडित सितली मगर २१ वर्षपछि घर पाउँदा खुशी


घोराही, १६ चैत्र । दश वर्षे जनयुद्धमा बेपत्ता पारिएका असहाय परिवारकी सदस्य सतली मगर्नीले २१ वर्षपछि घर प्राप्त गरेकी छिन् । स्थानीय सरकारको पहलमा उनले आज सो घर प्राप्त गरेकी हुन् ।

सशस्त्र द्वन्द्वका क्रममा रोल्पाबाट श्रीमान जीतबहादुर घर्तीमगरसंग घोराही आउनुभएकी सितलाका श्रीमानलाई सेनाले बेपत्ता पारेपछि ढेबलीमा बसोबास गर्दै आएकी थिईन्। श्रीमान जीतबहादुर घर्तीलाई २०५८ मंसिर १३ गते सोधपुछका लागि ब्यारेकमा लगेर बेपत्ता पारेको थियो ।

घोराही उपमहानगरपालिका १४ ढोडेनीमा घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । कार्यक्रम पुर्व सभामुख कृष्णबहादुर महाराले उदाहरणीय काम भएको बताए । संघीयताको मर्म अनुसार स्थानीय सरकारले गरेको महत्त्वपूर्ण जनसेवाको काम भएको बताए। उनले यो द्वन्द्वपीडित, असाहय र अनाथलागी आगामी दिनमा यस्ता काम गर्न आग्रह गरे।

 

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले दश वर्षीय जनयुद्धका असाहय परिवारदेखि सडक जीवन बिताइरहेका मानिसहरुको लागि महत्त्वपूर्ण काम भएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यले नागरिकको गाँस, बास र कपासको ग्यारेन्टी गर्नु पर्ने दायित्वलाई यसै गरि गरेर अघि बढ्न जरुरी रहेको बताए । उपभोक्ता समितिका अध्यक्ष नरेश केसीले भवन निर्माणका लागि खर्च सार्वजनिक गरेका थिए।

सो घर वडा कार्यालयबाट विनियोजित ७ लाख र नगरस्तरीय बजेट ३ लाख १९ हजार गरि कुल १० लाख १९ हजारमा ३ वटा कोठा, शौचालय, भण्डार कक्षसहित बनेको छ । वडा सदस्य गुलाम रसुलको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश चौधरीले गरेका थिए । जिल्लामा एक सय २६ जना सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको तथ्यांक रहेको छ ।