Ad Area

‘कांग्रेस विकास र जनताप्रति सर्ममित पार्टी’


दाङ,१६ चैत । नेपाली कांग्रेस विकास र जनताप्रति सर्मपित पार्टी भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई बिजयी गराउन एक कार्यक्रमका सहभागीले जनतासँग आग्रह गरेका छन् ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–५ कार्यसमितिले बुधवार बसन्तापुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले देशको विकासका लागि कांग्रेसको आवश्यकता रहेको भन्दै कागं्रेसलाई जिताउन लाग्न आग्रह गरेका थिए । उनीहरुले कम्युनिष्टले जनतालाई फकाउन राम्रा आश्वासन वाड्नेदेखि सहयोग बहना गर्ने भन्दै त्यसमा नलाग्न जनतालाई आग्रह गरेका थिए । साथै उनीहरुले एमसिसीको कारण देखाउँदै कम्युनिष्टहरुले जनतामा भ्रम सिर्जना खोजेको भन्दै त्यसको पछि नलाग्न समेत जनतालाई आग्रह गरेका थिए ।

नेपाली कांग्रेस घोराही–५ का सभापति बिष्णुमणि दाहालको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला सचिव अर्जुन योगीको प्रमुख आतिथ्यतामामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रतिनिधि भोला अधिकारी, पूर्व जिल्ला सदस्य कृष्ण गिरी, खड्गबहादुर विश्वकर्मा, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, जिल्ला समन्वय समिति सदस्य लोकी विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नं. १ (ख)का उपसभापति गोपाल नेपालीलगायतले संगठनलाई मजवुत बनाउँदै आगामी निर्वाचनमा जिताउने गरी लाग्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस घोराही–५ का उपसभापति कृष्णबहादुर भण्डारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भिउसनकुमार योगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad